नयाँ शहरले जगाएको आशा



मधुसुदन रायमाझी/गणेश साम्पाङ
सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा अगाडि सारेको छ । सहरी केन्द्रहरुमा बढदो जनसंख्याकाको चापसँगै त्यसलाई थेग्न सक्ने पूर्वाधारहरुको पनि कमी हुँदै गएको छ । सेवा सुविधाको खोजीमा मानिसहरु राजधानी काठमाडौं उपत्यकाको साथै तराई तथा पहाडका सीमित ठूला सहरुमा केन्द्रीत हुँदै जाने क्रम बढेको छ । ग्रमिण क्षेत्रबाट सीमित सहरी केन्द्रहरुमा भइहरेको बसाईसराइँलाई न्युनिकरण गर्ने नीति अनुरुप सरकारले आधुनिक र व्यवस्थित शहर निर्माणको योजना अगाडि सारेको छ । देश विकासमा समेत टेवा पु¥याउने उदेश्यले राष्ट्रिय शहरी नीतिले अंगालेको सन्तुलित सहरीकरणको नीति अनुरुप पूर्वाधारयुक्त आधुनिक सहरको निर्माण एवं विस्तार गर्न सरकारले २७ वटा नयाँ शहर निर्माणको काम अगाडि बढाएको हो ।

आयोजनाको मुल उदेश्य योजनाबद्ध, आधुनिक एवं सुविधा सम्पन्न नयाँ शहरको विकास तथा निर्माण गर्नु रहेको छ । नयाँ शहर निर्माण गर्दा सरकारले भौतिक पूर्वाधार, सेवा सुविधा, सामाजिक, सांस्कृतिक, भौगालिक अवस्था, व्यापार लगायतको विषयलाई ध्यान दिएको छ । शहरी विकास मन्त्रालयले आधुनिक र व्यवस्थिति, सहज रुपमा सेवा सुविधा उपलब्ध गराउने उदेश्यले नयाँ शहरको अवधारणा अगाडि सारेको हो ।

सरकारले योजनाबद्ध रुपमै नै नयाँ शहर निर्माणको काम अगाडि बढाएपछि नयाँ शहर निर्माण भइरहेको क्षेत्रका नागरिकहरु उत्साहित भएका छन् । सीमित स्रोत र साधनबाट निर्माण हुने भौतिक पूर्वाधार दिगो नहुने भएकाले सरकारले दिर्घकालीन नीति र योजनाको साथ नयाँ शहर निर्माणको काम अगाडि बढाएको छ । नीति र योजना मार्फत नै शहर व्यस्थित हुने भएकाले दिर्घकालिन योजना तर्जुमा गरेर यातायात, खानेपानी, भवन निर्माण, ढल निकास, विद्युत, उद्योग धन्दा, कलकारखानाहरु व्यस्थित रुपमा राख्ने गरी शहर विस्तारको कामलाई निरन्तरता दिएको छ ।

आम नागरिकहरुको कल्पना आधुनिक, वातावरणमैत्री र व्यवस्थ्ति सहर हो । विना योजना निर्माण गरिएका सहरले जोखिम निम्त्याउने भएकाले सरकारले योजनाबद्ध रुपमा भौतिक संरचना निर्माण गर्ने नीति अनुरुप नयाँ शहर निर्माणको काम अगाडि बढिरहेको नयाँ शहर आयोजना समन्वय कार्यालयका आयोजना इन्जिनियर शसि यादव बताउनुहुन्छ । उहाँले ल्याण्ड पुलिङमार्फत नै शहर व्यवस्थित हुने भएकाले स्थानीयले नागरिकहरुले पनि साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘नयाँ शहर निर्माण हुन लागेको क्षेत्रका नागरिकहरुले शहर हम्रो लागि हो, शहर निर्माण गर्दा आधुनिक र व्यवस्थित बनाउनु पर्छ भन्ने भावना लिन जरुरी छ ।’ हामीले नयाँ शहर निर्माण हुने क्षेत्रका नागरिकहरुको जग्गा लिएर त्यसलाई व्यवस्थित पूर्वाधार निर्माण गरेर पुनः उहाँहरुलाई नै हस्तान्रण गछौ, यस कार्यको लागि आयोजनालाई सहयोग गर्नुपर्छ, इन्जिनियर यादवले भन्नुभयो ।


नयाँ शहर निर्माण हुने क्षेत्रका नागरिकहरुको आर्थिक जीवनस्तरमा परिवर्तन ल्याउने र व्यवस्थित रुपमा शहरीकरण गर्ने उदेश्यको साथ नयाँ शहर निर्माणको काम धमाधम अगाडि बढिरहेको छ । देशका विभिन्न क्षेत्रमा निर्माण भइरहेका कतिपय शहरहरु हचुवा शैलीमा निर्माण हुँदा त्यसले स्वयमं सरकारलाई नोक्सान पु¥याउने गरेको छ । सरकारले शहर विस्तार भइरहेका र शहर विस्तार हुन सक्ने सम्भाावित क्षेत्रको पहिचान गरेर मध्य पहाडी लोकमार्ग, हुलाकी राजमार्ग आसपासमा निर्माण हुने २७ शहरको पहिचान गरी भौतिक पूर्वाधार निर्माणको काम धमाधम अगाडि बढाएको छ । सरकारले आर्थिक बर्ष २०६७÷०६८ को नीति तथा कार्यक्रम अनुसार आधुनिक नयाँ शहरहरुको विकास तथा निर्माण गर्ने नीति बमोजिम काम अगाडि बढाइरहेको छ ।


संघीय सरकारले निर्माण गर्न लागेको २७ नयाँ शहर मध्य एक हो पाँचथर जिल्लाको सदरमुकाम फिदिम । नेपालको पूर्वी पहाडी जिल्ला पाँचथरको फिदिम प्रदेश नम्बर १ अन्तर्गत रहेको छ । फिदिम सामरिक महत्वको दृष्टिकोणले महत्वपूर्ण क्षेत्र मानिन्छ । यस नगरपालिका समुद्री सतहबाट १३८० फिट उचाइमा रहेको छ । फिदिम नगरपालिको क्षेत्रफल १९२.५० वर्ग किलोमिटर रहेको छ । फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम उपाध्यायका अनुसार नगरपालिकाको जनसंख्या पचास हजार रहेको छ ।

फिदिममा नयाँ शहर निर्माणको कामले गति लिएको छ । फिदिमवासीमा नयाँ शहर निर्माणले आशा जगाएको छ । नयाँ शहर घोषण भएपछि फिदिममा चरणबद्ध रुपमा विकास निर्माणको काम भइरहेको छ । फिदिम नयाँ शहरलाई मेची राजमार्ग र मध्य पहाडी लोकमार्गले छोएको छ । शहर निर्माणमा स्थानीयको सक्रियता बढेको छ । फिदिममा शहर निर्माण गर्नको लागि आयोजना कार्यालय स्थापना गरेर स्थानीय समुदायसँग आफसी समन्वय र सहकार्य गरेर काम अगाडि बढाइरहेको छ ।

वि.सं.२०९० सालसम्म पाँचथरको फिदिममा एक लाख जनसंख्या अटाउने पूर्वाधार र सेवा सुविधा पु¥याउने लक्ष्य अनुसार आयोजनाले भौतिक पूर्वाधार निर्माणको गुरु योजना निर्माण गरेर काम अगाडि बढाएको छ । नयाँ शहर निर्माण अन्तर्गत फिदिम बजारको बीच भागमा रहेको पल्लोटारमा आधुनिक र सुविधा सम्पन्न बसपार्कको निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । बसपार्क निर्माणसँगै व्यापार व्यवसायमा समेत बृद्धि आएको स्थानीयवासी बताउछन ।

फिदिममा सडक निर्माण, गणेशमान पार्क निर्माण, भ्यु टावर निर्माण, चक्रपथ निर्माणको काम धमाधम अगाडि बढेको छ । ल्याण्ड फिल्ड साइट निर्माण गर्न गुरु योजनाको काम भइरहेको खेलकुद मैदानकाो लागि जग्गा प्राप्ति भएकाले काम अगाडि बढाइरहेको नयाँ शहर आयोजना कार्यालय फिदिमका इन्जिनियर राम प्रसाद सापकोटा बताउनुभयो । निर्माण भइरहेका शहरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य समेत अगाडि सारिएको बताउदै उहाँले भन्नुभयो,‘नयाँ शहर निर्माणको काम सुरु भएपछि भौतिक पूर्वाधार निर्माणको कामले गति लिएको छ, लक्ष्य अनुसार आयोजनाले काम अगाडि बढाएको छ ।’ उहाँले आयोजनाको काम अगाडि बढाउन स्थानीय नागरिकहरुको साथ र सहयोगको आवश्यक पर्नेमा जोड दिनुभयो । इन्जिनियर सापकोटाका अनुसार फिदिम बजारको आसपास ५ किलोमिटरसम्म क्षेत्रभित्र वस्ती विकासलाई व्यवस्थित गरेर शहर बसाल्ने योजना रहेको छ ।

कृषि, शैक्षिक, पर्यटन, सेवा तथा औद्योगिक क्षेत्रहरुको विकास एवं प्रबद्र्धन गरी ग्रामीण विकासमा सेवा पु¥याउने साथै तराई तथा कृषि योग्य उपत्यकाहरुमा हुने बसाईसराइँलाई कम गर्दै लैजाने नीति आयोजनाले लिएको छ । आधुनिक वस्ती विकास शहरी क्षेत्रको आर्थिक विकासलाई प्राथमिकतामा राखेर सरकारले शहर निर्माणको काम अगाडि बढाएको हो । सरकारले नयाँ शहर निर्माण मार्फत आन्तरिक एवं बाह्य पर्यटन प्रर्बद्धन गर्ने उदेश्य समेत लिएको छ । शहर निर्माणसंगै यस क्षेत्रका सांस्कृतिक, धार्मिक र ऐतिहासिक विषयलाई संरक्षण, संबद्र्धन र प्रबद्र्धन गर्ने उदेश्य आयोजनाले लिएको छ । ग्रामिण क्षेत्र आसपासका गरिबी न्युनिकरण गर्न र स्थानीयको आर्थिक जीवनस्तर उकास्न नयाँ शहरले टेवा पु¥याउनेछ ।

फिदिम नगरपालिकाका ओनाहाङग नेम्वाङले नयाँ शहर निर्माणले फिदिममा नयाँ आशाको सञ्चार गराएको बताउनुभयो । उहाँले आयोजनालाई स्थानीय सरकारले गर्नुपर्ने आवश्यक समन्वय, सहयोग र सहकार्य गरिरहेको बताउँदै फिदिमलाइ नमूना शहरको रुपमा विकास गर्ने लक्ष्य अगाडि सारिएको बताउनुहुन्छ ।

एकीकृत विकास योजना अन्तर्गत कृषि, पर्यटन तथा भौतिक पूर्वाधार समुन्नत फिदिमको मूल आधार भनि दिर्घकालिन सोच निर्धारण गरिएको छ । फिदिममा नेपालटार जग्गा एकीकरण आयोजना अन्तर्गत व्यवस्थित शहरीकरणको जग बसाल्ने काम सुरु भएको छ । २ करोड ४६ लाखमा लागतमा १ सय ४३ रोपनीमा जग्गा एकीकरणको काम सुरु भएको छ । नयाँ शहर आयोजना कार्यालय मार्फत आयोजना सुरु भएपछि फिदिममा विकास निर्माण अन्तर्गत भौतिक पूर्वाधार निर्माणमा हालसम्म १५ करोड भन्दा बढी रकम खर्च भइसकेको छ ।

फिदिम बजारलाई अवलोक गर्नको लागि रमितेमा भ्यु टावर निर्माणको काम धमाधम भइरहेको छ । आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन गर्न र फिदिम नगरपालिकाका नागरिकहरुलाई मनोरञ्जन पार्कको रुपमा विकास गर्ने उदेश्यको भ्यु टावर निर्माणको काम अगाडि बढाइएको आयोजनाका सव–इन्जिनियर निश्चल न्यौपाने बताउनुहुन्छ । भ्यु टावर निर्माणस्थलसम्म सडक निर्माण सम्पन्न भइसकेको छ भने भ्युटावर सहितको पार्क निर्माणको काम भइरहेको छ । तीन करोडको लगानीमा भ्यु टावर र पार्क निर्माणको काम अगाडि बढेको उहाँँले बताउनुभयो ।

त्यसैगरी आन्तरिक एवं बाह्य पर्यटकहरुलाई आर्कषित गर्ने उदेश्य सहित आयोजनाले जोरसालमा गणेशमान स्मृति पार्क निर्माणको काम अन्तर्गत पहिलो चरणको काम सम्पन्न गरिसकेको छ । पिकनिलस्थल, पानीपोखरी, बजारबासीलाई शारीरिक ब्याम गर्ने फुटपाथ,तीन वटा पिकनिक सेट निर्माण गरेर पार्कलाई हरियाली पार्कको रुपमा विकास गर्न वृक्षरोपणको काम समेत अगाडि बढाएको छ ।

नयाँ शहर अन्तर्गत फिदिममा आधुनिक र व्यवस्थित खेल मैदान निर्माण गर्नको लागि फिदिम नगरपालिका–५मतानेका स्थानीयले ५२ रोपनी जग्गा निशुल्क रुपमा उपलब्ध गराएका छन् । नगरपालिकाको फोहरलाई व्यवस्थापन गर्न थाक्लेमा ५२ रोपनी जग्गामा आधुनिक स्यानिटरी ल्याण्डफिल साइट निर्माणको काम अगाडि बढेको छ । फिदिम बजारको केन्द्रमा रहेको पल्लोटारमा रहेको ५ सय रोपनी जग्गा एकीकरण कार्यक्रम अगाडि बढाउन आयोजनाले समुदायसँग लामो छलफल र बहस गरेपनि अझै सहमति भने जुटन सकेको छैन् । आयोजनाका इन्जिनियर सापकोटाले स्थानीयलाई जग्गा एकीकरणको बारेमा बुझाउने कार्यमा आफूहरु लागि परेको बताउनुहुन्छ ।

नयाँ शहर आयोजनाले पल्लोटर, सिन्धुपौवा, तीनमौले, ठाडे, तालखर्क, मेची राजमार्ग, माथिल्लो गाउँ, कञ्जजंगा टि स्टेट, कातिके, डुमा, साब्राङ, चिलाउने डाँडा, भदौरे, जोरसाल हुँदै पुनः पल्लोटारको जोडने करिब २५ किलिोमिटरको चक्रपथ निर्माणको काम अगाडि बढाएको छ । यस आर्थिक बर्षमा पाँच किलोमिटर सडक निर्माणको काम धमाधम भइरहेको छ । त्यसैगरी धार्मिक सांस्कृति एवं पर्यटकीय क्षेत्र लब्रेकुटीको विकास गर्नको लागि पनि आयोजनाले गुरु योजना निर्माण गरेर नै काम अगाडि बढाएको छ । सरकारले निर्माण कार्य सुरु गरेको नयाँ शहर विस्तार हुने आसपासको क्षेत्रको समेत आर्थिक अवस्थामा सुधार आउनेछ । नयाँ शहर निर्माणको कार्यलाई समयमा नै सम्पन्न गर्न समुदायको सक्रियता पनि उत्तिकै जरुरी छ । आम नागरिकहरुको कल्पना सुन्दर शान्त र व्यवस्थित शहर हो ।

‘सुविधा सम्पन्न र आधुनिक शहर’


किशोर लाल महाजु
आयोजना निर्देशक, नयाँ शहर आयोजना समन्वय कार्यालय
नेपालमा शहरीकरण दिनप्रतिदिन बढ्दै गएको छ । जनसंख्याको चापसँगै नगरपालिकाको संख्या पनि बढ्दो छ । ग्रामिण क्षेत्रमा सेवा सुविधा र रोजगारीको अवस्था न्युन हुने भएकाले मानिसहरु शहरी क्षेत्रमा केन्द्रीत हुँदै आएका छन् । जसको फलस्वरुप शहरमा जनसंख्या तीब्र गतिमा अगाडि बढेको छ । यसले गर्दा शहरमा वस्ती अस्तव्यस्त र अनियन्त्रित रुपमा फैलिरहेको छ । अव्यवस्थित बस्तीको कारण फोहोरमैलाको उचित व्यवस्थापन गर्न चुनौती थपिएको छ भने विभिन्न स्रोतबाट आइरहेका प्रदुषणले गर्दा शहरको वातावरण निकै नै प्रदुषित बन्दै गएको छ ।

त्यसैले सरकारले मध्य पहाडी लोकमार्ग, हुलाकी राजमार्ग आसपसका बस्तीहरुमा आवश्यक आधारभूत सेवा सुविधाहरु उपलब्ध गराउने गरी २७ वटा नयाँ शहरम भौतिक पूर्वाधार निर्माणको काम अगाडि बढेको छ । व्यवस्थित, वातावरणमैत्री, पूर्वाधारहर निर्माण गरेर पर्याप्त मात्रामा रोजगारी र आर्थिक अवस्थाहरु सृजना गरेर शहरलाई व्यवस्थित गर्न सकेमा बसाइँसराइको क्रमलाई न्युनिकरण गर्न सकिन्छ ।

हाल मध्य पहाडी लोकमार्गमा पर्ने १२ वटा शहरुमा विभिन्न पूर्वाधारहरु निर्माण भइरहेका छन् । हुलाकी राजमार्गमा पर्ने १० वटा र तराई मधेसमा ५ वटा गरी १५ वटा नयाँ शहरको एकीकृत विकास योजना तयार गर्ने कार्यक्रम भइरहेको छ । समग्र रुपमा २७ वटा नयाँ शहर हामी निर्माण गर्दैछौ । एउटा शहर निर्माण गर्नको लागि २० बर्ष र १३ अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

नयाँ शहर आयोजनाको लागि ठूलो बजेट चाहिने भएकाले एकै पटक सम्भव नभएकाले चरणबद्ध रुपमा पूर्वाधार निर्माणको कार्य गरिरहेका छौ । शहरले दिने सेवा सुविधाहरु छिटो छरितो होस, जनताले सहज रुपमा सेवा सुविधा पाउन सकुन भन्ने हाम्रो उदेश्य होे । आयोजना कार्यान्वय गर्न सरकारले निकै महत्व दिएको छ । जग्गाको उपलब्धता, जनसंख्या शहरीकरणको अवस्थालाई ध्यानमा राखेर नयाँ शहर छनोट गर्दा फिदिमलाई पनि छनोट गरिएको हो । २७ वटा शहरहरु मध्ये फिदिम पनि एक हो ।

व्यवस्थित र आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी वृहत्त रुपमा सेवा सुविधा उपलब्ध गराउन नयाँ शहरको परिकल्पना गरिएको छ । नयाँ शहरको कम सन्तोषजक रुपमा अगाडि बढेको छ । विकास जनताको लागि हो । जनताको चाहना र भावना अनुसार नै काम भइरहेको छ । हामीले पूर्वाधार मात्र निर्माण गरिरहेका छैनौ,व्यवस्थित र आधुनिक शहर निर्मांण गरिहेका छौ ।

प्रतिक्रिया दिनुहोस्