प्रदेश ५ को राजधानी दाङ हनुपर्ने सुझाव



बिष्णु तिमिल्सिना, बर्दिया ।
बर्दियाका बुद्धिजीबि, राजनीतिक कर्मी तथा समाजसेवीहरुले पाँच नम्बर प्रदेशको स्थायी राजधानी दाङ हुनुपर्ने तथा बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा मिलाउनु पर्ने मिश्रित सुझाब दिएका छन् । प्रदेश नम्बर ५ प्रदेशसभा स्थायी राजधानी र नामाकरण सम्बन्ध मा बनेको प्रदेश सभा बिशेष समितिको आयोजनामा प्रदेश नामाकरण र स्थायी राजधानी सम्बन्धी गुलरिया स्थित जिल्ला समन्वय समितिको हलमा भएको सुझाब संकलन एवं अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले उक्त सुझाब दिएका हुन् ।

कार्यक्रममा स्वागत तथा उद्धेश्य बारे बोल्नु हुदै प्रदेश ५ नम्वर प्रदेशसभा विशेष समिति का सदस्य विष्णु पन्थीले प्रदेशका बहुसंख्यक जनताको भावना समेट्ने गरी जिल्लाहरु बाट आए का सुझावहरुलाई गम्भीरता पूर्वक हेरी निर्णय गर्ने प्रतिबद्धता जनाउनु भयो ।

प्रदेशको नामाकरण सम्बन्धमा सहभागिहरुले बिशेष महत्व नदिएपनि सहभागिहरुले थारुवान मगराँत, लुम्बिनी नामाकरण गरिनु पर्छ भनेर कार्यक्रम स्थल बाहिर व्यानर सहित केही ब्यक्तिहरु रहेको थिए । सभाहलामा बोल्ने केही बक्ताहरुले उक्त कुरालाई जोड दिए भने केहीले स्वर्गद्धारी, लुम्बिनी, बुद्ध आदि नामाकरण गरीनु पर्ने राय ब्यक्त गरेका थिए ।

कार्यक्रम भईरहेकै समयमा सभाकक्ष बाहिर ब्यानर सहितको एक जुलुसले बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा गाभ्नको लागि नाराबाजी गरेको थियो । सो जुलुसमा बोल्दै बर्दिया विकास सरोकार मञ्चका संयोजक दिनेश प्रसाद श्रेष्ठले कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग अभिवाज्य नङ्ग र मासुको सम्बन्ध राख्ने बर्दिया जिल्लालाई छुट्याई प्रदेश नं.५ मा राखिनु अस्वाभाविक र अव्यबहाारिक भएको बताउनु भयो । मञ्चको तर्फबाट तयार गरीएको ज्ञापन पत्र पनि सुझाव संकलन टोलीका संयोजक बिष्णु पन्थीलाई हस्तान्तरण गरिएको थियो।

बर्दिया जिल्ला भएर बग्ने कर्णाली र यसका सहायक नदीहरुले जिल्लामा बाढी, कटान, डुवान लगायत बर्दियाको कृषिभुमि सिञ्चित हुने गरेको छ । कर्णाली प्रदेशको दक्षिण ढोकाका रुपमा बर्दिया जिल्ला रहेकाले पनि कर्णाली र बर्दिया एकै प्रदेशमा हुनुको विकल्प छैन । परापूर्व कालदेखि कर्णाली क्षेत्रको पर्वतिय आवागमन, पर्यटन, बस्तु विनिमय, ब्यापार तिर्थाटन लगायतको तराईको सन्धि स्थल रहेकाले बर्दिया जिल्लालाई कर्णाली प्रदेशमै गाभ्नु उपयुक्त हुने कुरा ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

राजधानीको दृष्टिकोणले वुटवल भन्दा सुर्खेतको दुरी नजिक, कृषि र सिँचाईको लागि कर्णाली प्रदेशका नदीहरुको प्रयोग, प्राकृतिक श्रोतसाधनका हिसावले बर्दिया राष्ट्रिय निकुञ्जको ५९ दशमलव ३४ प्रतिशत चुरेक्षेत्र सुर्खेत जिल्लामा पर्ने भएकाले पनि कर्णाली प्रदेशको सुर्खेत र बर्दिया जिल्लालाई अलग गर्न नहुने प्रष्ट्याउँदै बर्दिया जिल्ला कर्णाली प्रदेशमा गाभिए मात्र जिल्लाको बिकास सम्भव भएकाले बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न मञ्च मार्फत जोडदार माग गर्दछौ भनिएको छ ।

अन्तरक्रियाका सहभागिहरुसँग लिखित रुपले पनि राजधानी र नामाकरणका विषयमा सुझाव संकलन गरिएको थियो । जिल्ला समन्वय समिति का प्रमुख शंकरप्रसाद थारुको सभापत्विमा भएको उक्त कार्यक्रममा बर्दियाबाट निर्वाचित प्रदेश सभाका सांसदहरु, नगरपालिकाका प्रमुख, उपप्रमुखहरुले सुझाव मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्