एसएबी स्कुलमा सांस्कृतिक विविधता कार्यक्रम



बहुसांस्कृतिक मुलुक नेपालको संस्कृतिलाई सम्बद्र्धन गर्ने उद्देश्यका साथ घट्टेकुलो डिल्लीबजारस्थित एसएबी पब्लिक स्कुलले एसएबी सांस्कृतिक विविधता दिवस सम्पन्न गरेको छ। मिस नेपाल २०१८ श्रृङ््खला खतिवडाको प्रमुख आतिथ्यता तथा हिडेन ट्रेजरका अध्यक्ष गोपाल कक्षपतिको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीहरू पनि प्रस्तुत गरिएको थियो। युवा पुस्ताको आकर्षण नेपाली संस्कृतिमा कम हुँदै गएको तथ्यलाई मध्यनजर गर्दै एसएबी पब्लिक स्कुलले यस प्रकारको कार्यक्रम राखेर नेपाली समाजमा जागरण ल्याउने विद्यालयका संस्थापक प्रिन्सिपल लक्ष्यबहादुर केसीले विचार राख्नुभयो।

विदेशी गीत संगीतको प्रभावले नेपाली गीत संगीत ओझेलमा परेको बेला उक्त कार्यक्रममा विद्यार्थीका बीच लोकगीत प्रतियोगिता गराइएको थियो। उक्त प्रतियोगितामा अभिषेक परियारले प्रथम, सिलास्मी थपलियाले द्वितीय, आयुष्मा बाजुरालीले तृतीय स्थान हासिल गरेका थिए। त्यस्तै दीपा श्रेष्ठ र आगमन थापाले सान्त्वना स्थान हासिल गरेका थिए। विजयीलाई प्रमुख अतिथि खतिवडाले प्रमाणपत्र तथा मेडल प्रदान गर्नुभएको थियो। कार्यक्रममा नेपालको प्रतिनिधित्व हुने गरी नेपाली सांस्कृतिक पोशाकमा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

मिस नेपाल श्रृङ््खला खतिवडालाई १० हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो। हिडन ट्रेजरका अध्यक्ष गोपाल कक्षपतिलाई सम्मानपत्रसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो। उक्त कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक नृत्य प्रर्दशन गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि खतिवडाले नेपालको कला क्षेत्रको विकासका लागि गरेको योगदानको चर्चा
गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्