प्रियंकाको प्रेम



रश्मी थापा
केही महिनाअघि मात्र बलिउड नायिका प्रियंका चोपडाले हलिउड गायक निक जोनससँग विवाह गरिन्। हाल उनी गर्भवती रहेको चर्चा चले पनि निक र प्रियंकाले भने यसबारे आधिकारिकरूपमा केही बोलेका छैनन्। त्यसो त यी दुईको बिहे हुनुअघि नै प्रियंका गर्भवती रहेको अफवाह पनि पैmलिएको छ, तर प्रियंकाको आमा मधु चोपडाले भने यो अफवाह भएको बताएकी छिन्।

उनीसँग विवाह गर्नुभन्दा अघि निक जोनसको आठ महिलासँग प्रेम सम्बन्ध रहेको खबर पनि पैmलिएको छ। त्यसो त यो मामलामा प्रियंकाले पनि निकलाई टक्कर दिएकी छिन्। निकसँग विवाह हुनुपूर्व प्रियंकाको ६ जना पुरुषसँग प्रेम सम्बन्ध रहेको बताइन्छ। निकसहित उनको ७ पुरुषसँग प्रेमसम्बन्ध बनेको बताइन्छ।

असिम मर्चेन्ट
प्रियंकाको जीवनमा नायक असिम मर्चेन्ट सबैभन्दा पहिले प्रेमी बनेर आएका थिए। जुन बेला प्रियंका मोडलिङबाट
आफ्नो करिअर अघि बढाइरहेकी थिइन्। जब प्रियंकाले विश्व सुन्दरीको ताज जितिन्, असिमलाई छोडिदिइन्। यस कुराबाट निकै आहत भएका असिमले आफू र प्रियंकाबीच भएको घटनालाई लिएर सिक्स्टी सेभेन डेज नामक फिल्म निर्माणको घोषणा पनि गरे, तर फिल्म भने बनेको छैन।

 

अक्षय कुमार
अन्दाज, मुझसे शादी करोगीजस्ता फिल्ममा सँगै काम गरेका प्रियंका र अक्षय कुन बेला नजिकिए मानिसहरूले थाहै पाएनन्। उनीहरूको केमिस्ट्री स्क्रिनमा पनि निकै जमेको थियो, तर कुरा यहाँनिर बिग्रियो की अक्षय पहिले नै विवाहित थिए। जब यो कुरा अक्षय पत्नी ट्विंकल खन्नाले थाहा पाइन, उनले आफ्नो पतीलाई प्रियंकासँग काम गर्नै ब्यान्ड गरिदिइन्। यसरी उनीहरूको सुहाउँदो जोडी टुट्यो।

 

हरमन बावेजा
अक्षयसँगको ब्रेक अपपछि प्रियंकाको जीवनमा अर्का नायक हरमन बावेजाको इन्ट्री भयो। फिल्म निर्माता ह्यारी बावेजाको छोरा हरमन बलिउडमा कदम राख्ने तयारीमा थिए। लभ स्टोरी २०५० नामक उक्त फिल्ममा नायिका करिना कपुरलाई चुनिएको थियो, तर करिनाले फिल्म छोडदिइन् र प्रियंकाले फिल्ममा प्रवेश पाइन्। उक्त फिल्म फ्लप भए पनि प्रियंका र हरमनको जोडी भने हिट हुने तरखरमा रहेको थियो। यसैबीच उनीहरूले अर्को फिल्म खेले, तर त्यो फिल्म पनि फ्लप भयो, अन्ततः फ्लप प्रियंका र हरमनको जोडी पनि फ्लप भयो।

 

शाहिद कपुर
प्रियंकासँग शाहिदको नाम तब जोडियो जुन समय, आयकर अधिकारीले प्रियंकाको घरमा छापा मारे। उक्त समय प्रियंकाको घरको ढोका खोल्ने शाहिद थिए। तर उनीहरूको रोमान्स केहि समयमै रोकियो।

 


शाहरूख खान
बलिउडका किङ खान शाहरूख आफ्नो पत्नी गौरी खानलाई निकै माया गर्छन्। यस कारण पनि उनको नाम प्रियंकाबाहेक अन्य युवतीहरूसँग जोडिएको छैन। भनिन्छ सँगै फिल्म खेल्दा खेल्दै उनीहरूले एकअर्कालाई मन पराउन थालेका थिए। यो कुरा गौरीसमक्ष पुगेपछि शाहरूखले प्रियंकासँग कुनै पनि फिल्म गरेनन्।

निक जोनस
गाला रेड कार्पेट २०१८ को रेड कार्पेटमा प्रियंका चोपडा हलिउड गायक निक जोनससँग इन्ट्री गरेपछि सबैको ध्यान उनीहरूतिर मोडियो। उनीहरू हरेक स्थानमा साथै देखिन थाले। उनीहरूको प्रेम चर्चा चौतर्फी चलिरहेको बेला नै उनीहरूले विवाह गरेर एक अर्कालाई जीवनसाथी चुने।

 

टम हिडलस्टन
हलिउड अभिनेता टम हिडलस्टन तथ प्रियंका एक पार्टीको समय एक अर्कासँग नजिकिएका थिए। पार्टीमा उनीहरू एक अर्काको हात समाई घुमिरहेको र सेल्फी लिइरहेका दृश्य मिडियाको क्यामेरामा कैद भएका थिए। यसपछि उनले आफू एक अमेरिकनसँग डेटमा रहेको बयान दिएपछि यो कुराले अझै धेरै स्थान पायो, तर विस्तारै सेलाउँदै गयो।

प्रतिक्रिया दिनुहोस्