वडा अध्यक्षले महिलालाई कुटेपछि….



धनवीर दाहाल,रुकुम

रुकुम पुर्वको पुथाउत्तरगंगा गाँउपालिका ११ मा शौचालय निर्माणको बिषयमा बिवाद हुँदा वडा अध्यक्ष जयकुमार बुढामगरले स्थानीय महिलालाई कुटपिट गरेका छन् । निर्माणाधिन महिला भवनको शौचालय निर्माणको बिषयमा विवाद भएपछि निर्माण उपभोक्ता समितिकी महिला सदस्य जयपुरी बुढाले आफुलाई वडा अध्यक्षले कुटेको बताएकी छन् ।

गाउँपालिकाको सहयोगमा ५ लाख लगानीमा निर्माण गर्न थालिएको महिला भवनको चर्पीको खाल्डो स्टमेट अनुसार नभएको भन्ने वडा अध्यक्षको भनाईमाथी छलफल हुदै गर्दा वडा अध्यक्षले हेल्मेटले टाउकोमा हानेर एक्कासी आफुमाथी आक्रमण गरेको पिडित महिलाले बताएकी छिन् ।

वडा अध्यक्षको आक्रमणबाट उनको टाउको र अनुहारमा चोट लागेको र अहिले सदरमुकाम रुकुमकोटमा रहेको अस्पतालमा उनको उपचार भैरहेको पिडित महिलाका दाई लक्ष्मण बुढा मगरले जानकारी दिएका छन् ।

उता वडा अध्यक्ष बुढाले भने आफुले कसैलाई पनि आक्रमण नगरेको दावी गरेका छन् । उनले महिला र परुषका लागी छुट्टाछुटछ्टै कोठाको चर्पी निर्माण गर्नुपर्ने र खाल्डो पनि गहिरो हुनुपर्ने प्राविधिक स्टमेट भएपपनि त्यसो हुन नसकेकोमा आपत्ती जनाउदाँ उपभोक्ता समितिका पदाधिकारीहरुले उल्टै आफुमाथी ढुंगामुडा गरेको र आफु जोगिन खोज्दा कसैलाई धकेलिएको हुनसक्ने तर कुटुपिट भने गरेको बताएका उनले बताएका हुन् । यो विवाद ईलाका प्रहरी कार्यालय तकसेरा हुदै यतिबेला जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व सम्म पुगेको छ ।

पिडित महिलाले आफुमाथी योजनावद्ध आक्रमण भएको भन्दै क्षतिपुर्तीको माग गरेकी छिन् भने पिडक भनिएका वडा अध्यक्षले उपभोक्ता समितिको मनपरीमाथी सरकारको तर्फबाट अनुगमण गर्दा उल्टै आक्रमण भएको भन्दै उक्त घटना अस्विकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्