ब्याजदर घटाउन बसेको बैठकमा भनाभन



नेपाल समाचारपत्र, काठमाडौ
बैंकहरुले लगानी गरेको कर्जाको ब्याजदरका विषयमा उत्पन्न समस्या समाधानको लागि सोमबार अर्थ मन्त्रालयमा आयोजित छलफल बैठक बिना निश्कर्ष टुंगिएको छ ।

अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर, उद्योगी व्यवसायी, बैंकरलगायत सरोकारवालाबीच भएको छलफलमा चर्काचर्की, भनाभन र आरोपप्रत्यारोप भए पनि छलफलले कुनै निष्कर्श निकाल्न सकेन । प्रधानमन्त्री केपी ओलीको निर्देशनमा छलफल भए भए पनि सहभागीहरुले आक्रोश पोख्ने काम मात्रै गरेका छन् ।

कर्जाको ब्याजदर घटाउने विषयमा सरकार सकारात्मक रहेको छलफलमा जानकारी दिइएको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा भइरहेकाले आजभोलिमै आउने मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा ब्याजलरको विषयलाई सम्बोधन गरिने आश्वास दिनुभएको छलफलमा सहभागी व्यवसायी बताएका छन् ।

स्रोतका अनुसार मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्न सोमबार साँझ नै नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बसेको थियो । प्रधानमन्त्री ओलीसँग उद्यँेग व्यवसायीले ब्याजलदर नियन्त्रण गर्न सरकारले पहल गर्नुपर्ने माग राखेपछि शनिबार मातहतका निकायलाई निर्देशन दिनुभएको थियो ।

ब्याजदर नियन्त्रण नभए चैत महिनामा कर्जाको किस्ता नबुझाउने चेतावनी व्यवसायी दिँदै आएका छन् । ब्याजदर घटाउन दबाब दिन उनीहरुले चरणबद्ध आन्दोलनसमेत गर्दैै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्