लाली रुपन्देही–११ सेमीफाईनलमा



 

यमलाल भुसाल, बुटवल

प्रदेश ५ को राजधानी बुटवलमा जारी २१ औ तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगितामा सडेन डेथमा विजयी हुदै आयोजक लाली रुपन्देही– ११ सेमीफाईनलमा स्थान बनाएको छ ।

आईतबार भएको खेलमा सुनसरी–११ लाई सडेन डेथमा ५–४ गोल अन्तरले स्तब्ध पार्दै अन्तिम चारमा स्थान बनाएको हो । सडेन डेथमा सुनसरीका उमेश राईको प्रहार बाहिरिंदा रुपन्देहीका युवा स्ट्राईकर निशान्त न्यौपानेको प्रहारले जाली चुमेसंगै रुपन्देही विजेता घोषित भएको थियो ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा देविनगरस्थित एन्फा एकेडेमी टेक्निकल सेन्टरलाई खेलमैदान भएको खेलको निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो ।

ट्राईबेकरमा सुनसरीका रोशन भुजेल, जिवन राजधामी, क्याप्टेन तिर्थ बस्नेतले गोल गरेका थिए । रुपन्देहीका विदेशी खेलाडी रामजी, कुलदिप कार्की र विश्वास श्रेष्ठले गोल गरेका थिए । सुनसरीका मनिन्द्र याक्चाको प्रहार बाहिरियो भने दिपेन तामाङ्गको प्रहारलाई रुपन्देहीका गोलकिपर किशोर गिरिले रोकिदिएका थिए । रुपन्देहीका अनुप गुरुङ्ग र किशोर गिरीको प्रहारलाई सुनसरीका गोलकिपर पूर्ण चाम्जोङ्गले रोकिदिएका थिए ।

खेलमा विजयी टिमका विदेशी खेलाडी रामजी म्यान अफ द म्याच घोषित हुदै नगद १० हजार र कपबाट पुरस्कृत भएका छन । प्रतियोगिता अन्तरगत सोमबार च्यासल युथ क्लब र सिएमजी संकटा क्लबका बिचमा खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्