रेमन्डको छैठौं शोरुम जावलाखेलमा



 

कठमाडौं, (नेस)
सटिङ सुटिङ ब्रान्ड रेमन्डले नेपालमा छैठौं शोरुम ललितपुरको जावलाखेलमा शुरु गरेको छ ।

नयाँ शोरुममा टेलरिङ सेवा बाहेक रेमन्ड ब्रान्डका सर्ट, टाइ, इनर वेयर जस्ता सामग्री उपलब्ध छ । साथै ग्राहकले ८ हजार ४९९ रुपियाँदेखि ५ लाख रुपियाँसम्म पर्ने रेमन्डको सुटहरु खरिद गर्न सक्ने छन् ।

यस ब्रान्डका कपडामा खुम्चिने समस्या नआउनुका साथै चर्को घामको किरणले समेत कुनै असर नपार्ने ( पराबैजनी किरणले ) अत्याधुनिक बिशेषताहरुले गुणस्तरीय भएको सोरुमले जनाएको छ ।

कस्मिरी , महेर , आन्गोरा जस्ता कपडा प्रयोग गरी तयार पारिएका रेमन्डका उत्पादनहरु अन्य ब्रान्डको उत्पादनभन्दा स्तरीय र टिकाउ भएको रेमन्डले जनाएको छ ।

रेमन्डका अध्यक्ष सञ्जय अधिकारी आफ्नो ब्रान्डका पहिरनमा गुणस्तरको ग्यारेन्टी हुनुका साथै यसको निश्चित मँल्य भएको बताउनु हुन्छ । त्यसैले उपभोक्ताहरुलाई उहँँ यस ब्राण्डको प्रायोगबाट ठगिने आशंकाबाट ढुक्क रहेको उहाँको दाबी छ ।

पुतलीसडकमा रेमन्ड ब्राण्डको आधिकारीक शोरुम पहिलोपटक सन १९९९ मा सञ्चालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्