कतारको राष्ट्रिय खेलकूद दिवस सम्पन्न



नेपाल समाचारपत्र, काठमाडौं
कतारको राष्ट्रिय खेलकूद दिवसको अवसरमा आयोजना गरिएको मिनी फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

काठमाडौको एक्सेल फुटबल ग्राउन्डमा भएको उक्त प्रतियोगितामा रसियाली राजदूतावासले ट्रफी जित्न सफल भयो । प्रतियोगितामा विजयी रसियली दूतावासका खेलाडीलाई आयोजकका प्रमुख जसिम सालिह अली अल जाबिरले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

रूस, म्यानमार, बंगलादेश, पाकिस्तानी दूतावास तथा सञ्चार माध्यमका प्रतिनिधि सहभागी उक्त प्रतियोगितामा विजेता रसियाली दूतावाससहित कतार दूतावास, कतार च्यारीति एण्ड कतार एअरवेजले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्