केभीएस प्रिक्वाटरफाइनलमा



काठमाडौं, (नेस)
काठमाडौं विनायक शिक्षालय (केभीएस) चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

केभीएसले आयोजक अर्किडलाई २–१ गोलले पराजित ग¥यो । केभीएसका नवीन रोकाया र अविरल थापा मगरले १–१ गोल गरे । अर्किडका ललित पुन मगरले १ गोल फर्काए । अर्किडका अमन कार्की ‘म्यान अफ द म्याच’ घोषित भए ।

अर्को खेलमा मानाङ्कले लाइसियम प्याराडाइसलाई ४–० गोलले हरायो । मानाङ्कका सुदीप लामा र रोमन लामाले समान २–२ गोल गरे । लाइसियमका स्वरुप खत्री ‘म्यान अफ द म्याच’ चुनिए ।

प्रतिक्रिया दिनुहोस्