रोड रेसमा गजेन्द्र र विश्वरुपा पहिलो



नेपाल समाचारपत्र, काठमाडौं
पाँचौ ओपन रोड रेसमा विभगाीय त्रिभुवन आर्मी क्लबका गजेन्द्र राई र विश्वरुपा बुढाले उपाधि जितेका छन् ।

शनिबार भएको रोड रेसमा गजेन्द्रले निर्धा्रित ५ किलोमिटर दुरी १५ मिनेट २७ दशमलब २५ सेकेण्डमा पुरा गर्दै पहिलो भएका हुन् । आर्मीकै हरि कुमार रिमाल दोस्रो तथा आर्मीकै टिकाराज कटुवालले तेस्रो स्थान हात पारे । हरिले निर्धा्रित दुरी १५ मिनेट ३५ सेकेण्डमा पुरा गर्दा टिकाराजले १५ मिनेट ३५ दशमलब ५० सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हात पारे ।

महिला खुल्लातर्फ आर्मीकी विश्वरुपा बुढाले निर्धा्रित ५ किलोमिटर दुरी १८ मिनेट १ दशमलव ६६ सेकेण्डम पुरा गर्दै च्याम्पियन बनिन् । दोस्रो भएकी धादिङकी सन्तोषी श्रेष्ठले १८ मिनेट २० दशमलव २९ सेकेण्डमा दुरी पुरा गरिन् । विभागी नेपाल पुलिस क्लबकी राजपुरा पचहाईले १८ मिनेट ३२ दशमलव २० सेकेण्डम दुरी पार गर्दै तेस्रो स्थान हात पारिन् ।


खुल्लातर्फको पुरुष र महिलातर्फको विजेताले समान २५ हजार रूपैया हात पारे । दोस्रो भएकाले १५ हजार रूपैया तथा तेस्रो भएकाले समान १०–१० हजार रूपैया पाए ।

ब्वाइज ओपनमा सन्तोषनाथ योगी पहिलो, नविन कार्की दोस्रो र आलोक थापाले तेस्रो स्थान हात पारे । गल्र्स ओपननमा विनिता स्याङतेनले पहिलो, विलाक्षी गौतमले दोस्रो र एलिना केसीले तेस्रो स्थानहात पारिन् । विजेताले १० हजार रूपैया, दोस्रोले ५ हजार तथा तेस्रो भएकाले २ हजार ५ सय रूपैया पाए ।

अल्मुनाईतर्फ पुरुषमा पेम्वा शेर्पा र महिलामा रविना श्रेष्ठ च्याम्पियन बने । उनीहरुले समान १०–१० हजार रूपैया पाए । इन हाउस अभिभावकतर्फको महिलामा राष्ट्रिय कराते खेलाडी अनु अधिकारीले पहिलो स्थान हात पारिन् । सुनिता राई दोस्रो तथा करातेकी नै तार गुरुङले तेस्रो स्थान हात पारिन् । पुरुषतर्फ भेग बहादुर पहारी, किरण राई र निमा दोर्जे लामा क्रमश पहिलो, दोस्रो र तेस्रो भए ।

सोही अवसरमा विश्व बडिबिल्डिङ च्याम्पियनसिपमा नेपालाई स्वर्ण दिलाएका महेश्रर महर्जनलाई २५ हजार रूपैयासहित विशेष सम्मान गरिएको मन्डेकाजी श्रेष्ठले जानकारी गराए । करिव १ हजार जना धावकले प्रतिस्पर्धा गरेको म्याराथन प्यारागन स्कुल प्राङ्गण तिलगङ्गाबाट शुरु भए र गौशला, बत्तिसपुतली, पुरानो बानेश्वर, सिनामङ्गल, एयरपोर्ट हुँदै स्कुल प्राङगणमा आएर टंगिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्