साप्ताहिक राशिफलः फागुन ४ देखि १० गतेसम्म



मेष
तपाईंका लागि यो साता त्यति सन्तोषजनक देखिँदैन। आफ्नो कार्य व्यवसायमा विभिन्न झमेलाहरू आइलाग्नेछन्। पढाइमा अरूचि होला। साथीभाइ, इष्टमित्रले पनि साथ नदिने सम्भावना छ। राज्यका तर्फबाट अनेक दुःख बेहोर्नुपर्ला। मानसिक तनावले गर्दा कुनै काम स्थिर भएर गर्न नसकिने स्थिति आउनेछ। तर आज शनिबार र आगामी शुक्रबार भने तनावरहित होला। कामहरू पनि सफल होलान्।

वृष
यो साताको पूर्वार्ध अर्थात् मंगलबारसम्म समय उत्तम फलदायक छ। निरोगिता, सुखशान्ति, नचिताएको कुरा प्राप्ति, परिवारबाट सुख–सन्तोष होला। आर्थिक लाभ हुनाले मन प्रफुल्लित हुनेछ। तर मंगलबार दिउँसोबाट समय प्रतिकूल छ। अस्वस्थताको सम्भावना छ। चिताएभन्दा बढी खर्च होला। हरेक काममा बाधा–व्यवधान नआउला भन्न सकिन्न। राजनीतिकर्मीबाट धोका हुनसक्छ।

मिथुन
तपाईंका लागि यो हप्ता सुख–समृद्धिदायक छ। राज्यद्वारा दिइने सुविधा प्राप्त हुने, राजनीतिक सक्रियता बढ्ने, व्यापार–व्यवसायमा यथेष्ट फाइदा हुने, शारीरिक एवम् मानसिकरूपमा स्वस्थ भइनेछ। त्यस्तै बोलेको लाग्ने, आर्थिक लाभ हुनाले व्ययभार थेग्न सहज हुने, सुख–सन्तोष हुनेछ। सबैको वाहवाही हुने देखिन्छ। तर साताको अन्त्य शुक्रबार भने केही अस्वस्थता र तनाव नहोला भन्न सकिन्न।

कर्कट
तपाईंका लागि यो साता मिश्रित फलदायक छ। आज समय परिस्थितिले तपाईंलाई पछाडि पार्नेछ भने भोलि आइतबारदेखि तपाईंका लागि समय अनुकूल देखिन्छ। कार्यहरू सफल हुनेछन्। आम्दानीमा बढोत्तरी होला। इज्जत–प्रतिष्ठा बढ्ला। तर बुधबारबाट स्वास्थ्यमा समस्या आउला। खानपानमा सजग हुनुपर्ने देखिन्छ। आँटेका काममा बाधा–व्यवधान आइपर्ला। आर्थिक अभाव होला।

सिंह
यो साता तपाईंका लागि त्यति फलदायक देखिँदैन। हुन लागेका काम पनि रोकिने सम्भावना छ। आफन्तजनबाट धोका मिल्न सक्छ। आर्थिक भारले गर्दा तनाव झेल्नुपर्ला। स्वास्थ्यले समेत साथ नदिन सक्छ। तर आइतबार, बुधबार र बिहीबार भने तपाईंले सफलता हासिल गर्न सक्नुहुनेछ। प्रयास गरेमा कतैबाट केही आम्दानी हुनसक्छ। सम्मान एवम् पुरस्कार प्राप्तिको सम्भावना छ।

कन्या
तपाईंका लागि यस साताका शुरूका दिनहरू धेरै फलदायक देखिन्छन्। आर्थिक लाभ, मान–सम्मान, पढाइ, व्यापार आदिमा सफलता होला। राज्यबाट लाभ, कूटनीतिक प्रयास सफल, धनलाभ, मानसिक सन्तुष्टि हुने देखिन्छ। प्रतिस्पर्धामा विजय नहोला भन्न सकिन्न। तर बुधबार र बिहीबार भने वायुजन्य रोग ग्यास्टिकले सताउन सक्छ। दौडधुप, तनाव एवम् लखतरान परिएला। पारिवारिक विवाद हुन सक्छ।

तुला
यो साता तपाईंका लागि धेरै उपलब्धिमूलक छ। गरेका काम सफल हुने, कहीँवंशवृद्धिको सम्भावना, रिसाएका व्यक्तिहरू खुसाएर नजिकिन खोज्ने, मुद्दामामिला भएमा विजयको सम्भावना, पठनपाठनमा सफलता, राम्रै आम्दानी हुने प्रबल सम्भावना, साथीभाइ–इष्टमित्रबाट सहयोग, नेतृत्वदायी भूमिकामा सफलता हुनेछ। तर शुक्रबार भने स्वास्थ्य समस्या, कार्य बाधा हुने सम्भावना छ। सतर्क रहनुहोला।

वृश्चिक
साता धेरै शुभ फलदायक देखिन्छ। आज शनिबार पेटको समस्या, दौडधुप भए पनि बाँकी सबै दिन उपलब्धिमूलक छन्। कतैबाट धन–पैसा प्राप्तिको योग छ। यसले गर्दा आर्थिक समस्या समाधान हुनेछ। कुनै प्रतियोगिताहरूमा भाग लिएको भए जित्ने सम्भावना अधिक छ। प्रेमप्रसंगले पूर्णता पाउनेछ। जीवनसाथीको सहयोगले ठूलै काम बन्ला। आफन्तबाट सहयोग पाइनेछ।

धनु
तपाईंका लागि यो साता त्यति शुभ फलदायक देखिँदैन। मान–सम्मानमा आघात पर्ने सम्भावना छ। गरेका कार्यहरू सफल हुन कठिन होला। निरर्थक खर्च, अनावश्यक हैरानी बेहोर्नुपर्ला। रुघाखोकीले सताउन सक्छ। परिश्रम धेरै तर प्रतिफल कम प्राप्त हुनेछ। तर आज शनिबार र साताको अन्त्य शुक्रबार भने सुख–सन्तोष हुने, स्वास्थ्य तन्दुरुस्त हुने, आर्थिक लाभ हुने सम्भावना छ।

मकर
तपाईंका लागि यो साताको मंगलबारसम्म शुभ फलदायक छ भने बाँकी दिनहरू त्यति सन्तोषजनक देखिँदैन। शुरूका दिनहरूमा द्रव्यलाभ, खेलकुद, परीक्षा आदिमा सफलता हात लाग्ने, अड्किएका कामहरू पूरा हुने, समस्याको समाधान हुने, यश–कीर्ति बढ्ने, वाहन–सुख हुने, मान–सम्मान बढ्ने देखिन्छ। बुधबारबाट भने रोगको भय, काममा बाधा–व्यवधान, आर्थिक नोक्सानी, शारीरिक कष्ट होला।

कुम्भ
यो साता तपाईंका लागि धेरै राम्रो देखिन्छ। तपाईंको यश–ऐश्वर्यमा वृद्धि हुनेछ। पढाइ–जागिरमा उच्च मूल्यांकन हुने देखिन्छ। राजनीतिमा सफलता, व्यवसायबाट उच्च आम्दानी, राज्यबाट लाभ हुनेछ। थालनी गरिएका अधुरा काम पूरा हुनेछन्। नेतृत्व क्षमतामा वृद्धि हुने, बोली बिक्ने, सानै प्रयासबाट पनि कार्य सफल हुने देखिन्छ। शुक्रबार भने चोटपटकको सम्भावना भएकाले सतर्कता रहनुहोला।

मीन
तपाईंका लागि यो हप्ता सुख–समृद्धिदायक छ। राज्यद्वारा दिइने सेवा–सुविधा प्राप्त हुने, राजनीतिक सक्रियता बढ्ने, व्यापार–व्यवसायमा लागेकाहरूलाई यथेष्ट फाइदा हुने, शारीरिक एवम् मानसिकरूपमा स्वस्थ भइनेछ। त्यस्तै बोलीबचनमा सरस्वती बस्नाले बोलेको लाग्ने, आर्थिक लाभ हुनाले व्ययभार थेग्न सहज हुने, सुख–सन्तोष हुनेछ। तर आज शनिबार भने केही अस्वस्थता र तनाव होला।

प्रतिक्रिया दिनुहोस्