खोटाङमा अन्र्तराष्ट्रिय स्तरको मैदान



रामधन राई, खोटाङ
खोटाङकै सवैभन्दा उत्कृष्ट अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल मैदान निर्माण शुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको माथिल्लो भेगमा पर्ने सोतीमा १ सय २० मिटर लम्बाई र ८० मिटर चौडाई भएको व्यवस्थित फुटबल खेल मैदान निर्माण शुरु गरिएको हो ।

गरपालिकाको लगानी तथा स्थानीय युवाको पहलमा समुन्दी सतहदेखि करिव १ हजार ७ सय मिटरको उचाईमा उक्त खेल मैदान निर्माण भईरहेको छ । दिक्तेल–बास्पानी–बाक्सिला सडक खण्डमा पर्ने खार्मीका स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको जग्गामा फुटबल खेल मैदान निर्माण शुरु गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष हर्कराज राईले बताउनुभयो । उक्त निर्माणाधीन खेल मैदान जिल्लाकै ठूलो र उत्कृष्ट हुने दावी गरिएको छ ।

खेल मैदानका लागि स्थानीय पुस्कर राई, डम्बर राई र कृष्णकुमारी तामाङले संयुक्त रुपमा निःशुल्क जग्गा उपलब्ध गराएका छन् । निर्माणाधीन खेल मैदान जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट करीब ११ किलोमिटर टाढा पर्छ ।

खार्मीमा निर्माणाधीन खेल मैदानलाई नगरपालिकाको गौरवको योजनामा समाबेस निरन्तर विकासमा सहयोग गर्ने नगरप्रमुख दिपनारायण रिजालले जनाउनुभयो । निर्माणाधीन खेल मैदान उपयुक्त ठाउँमा रहेकाले पनि नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने वताईएको छ ।
खार्मीमा निर्माणाधीन खेल मैदान अन्य ठाउँको तुलनामा थोरै खर्चमा निर्माण सम्पन्न हुने प्राविधिकको अनुमान छ । निर्माणाधीन खेल मैदान सम्याउने काम अन्तिम चरणमा पुगेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

खेल मैदान सम्याउने काम सकिएलगत्तै प्याराफिट, मञ्च, धारा तथा सौचालय लगायत अन्य संरचनाको काम शुरु गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष राईले जानकारी दिए । खार्मीमा अन्तर्राष्ट्रियस्तरको फुटबल खेल मैदान निर्माण शुरु गरिएपछि बारीको कान्ला र खुला चउरमा फुटबल खेल्दै आएका खेलाडी हर्षित भएका छन् ।

निर्माणाधीन खेल मैदान नयाँ वर्ष २०७६ को अवसरमा खुला फुटबल प्रयोगिता आयोजना गरेर उद्घाटन गरिने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्