अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणकार्य अलपत्र



 

विनोद सिंह विष्ट, बैतडी

अन्तर्राष्ट्रियस्तरको क्रिकेटमा नेपालले एकपछी अर्को सफलता हात पारिरहेको छ । नेपालले हालै मात्र युएईसंगको एकदिवसिय र टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा जित हात पा¥यो । तर नेपाली राष्ट्रिय क्रिकेट टोली सधै उचित खेलमैदानकै अभावका बिच अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जान्छ । नेपालमा अन्र्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको काम नभएको भने होइन । तर सुरु हुन्छ तर अलपत्र अवस्थामा नै निर्माण कार्य रोकिन्छ । जसको एक उदाहरण बनेको छ बैतडीमा अलपत्र अवस्थामा रहेको दशरथचन्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ।

सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा ४ बर्ष अघि सुरु भएको थियो सो रंगशाला । राष्ट्रिय खेलकुद परिषद (राखेप) र निर्माण कार्यमा संलग्न ठेकेदारबीचको विवादका कारण करोडौंको काम अलपत्र पर्न गयो । सुदूरपश्चिममै पहिलोपटक करीब ११ करोडको लागत अनुमान सहित बैतडी सदरमुकाम नजिकै सुन्दरखालीमा दशरथचन्द क्रिकेट स्टेडियमको निर्माण ३ बर्ष अघिदेखि रोकिएको छ । ४ बर्ष अघि राखेपले बहुउद्देस्यीय क्रिकेट स्टेडियम निर्माणका लागि काम सुरु गर्दा चन्द्रा एण्ड बसन्त कन्सट्रक्सनले निर्माण जिम्मा पाएको थियो ।

जिल्लाको दशरथचन्द नगरपालिका ५ सुन्दरखालीमा विं.स २०६३ मा दशरथचन्द नगरपालिकाले निर्माण सुरु गरेको क्रिकेट मैदानलाई वि.सं २०७१ सालमा राखेपले दशरथचन्द अन्र्तराष्ट्रिय क्रिकेट मैदान भनेर निर्माण सुरु गरेको हो ।

वि.स २०३४ सालमा दशरथचन्द नगरपालिकास्थित सुन्दरखालीमा मात्र क्रिकेट खेल्ने गरिन्थ्यो । त्यसपछी वि.सं २०५२ सालपछी त्यस मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सबैको ध्यान पुग्यो ।

सदरमुकाम नजिकैको सुन्दरखाली क्रिकेट मैदानमा चार वर्ष अघिसम्म क्रिकेट प्रतियोगिता सञ्चालन हुन्थ्यो । त्यही मैदानमा खेलाडीले अभ्यास समेत गर्न पाउंथे । जिल्लास्तरदेखि क्षेत्रीयस्तरका प्रतियोगिता हेर्ने पाउँदा स्थानियबासी हर्षित भएका थिए । तर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण कार्य सुरु भएपछि प्र्रतियोगिता समेत हुन पाएको छैन । मैदान निर्माण कार्य अधुरो भएपछि खेल सञ्चालन हुन नसकेको हो । राखेपको लापरवाहीले निर्माण कार्य अधुरो रहेपछि खेल्नलायक मैदान झन् बिग्रंदै गएको खेलाडी बताउँछन् । बनेको मैदान भत्काइएपछि प्रतियोगिता हुन सकेको छैन । तत्कालिन जिविस, नगरपालिकाको सहयोगमा निर्माण भएको मैदान निर्माण कार्य रोकिएपछि खेल्नलायक नहुँदा जिल्लामा क्रिकेट गतिविधि सुस्ताएको छ ।

तीन वर्षमा करिव ११ करोड ५० लाख लागत अनुमानसहित निर्माण हुने मैदानको काम अघि बढ्न सकेको छैन । सरकारले मैदान निर्माणको लागि रकम निकासा नगर्दा खेलमैदान अलपत्र परेको हो । मैदान सम्याउन करिब एक करोड १९ लाखमा ठेक्का भए पनि पुरै रकम निकासा नहुँदा मैदान सम्याउने कामसमेत अधुरो रह्यो । निर्माण कार्य अनिश्चित भएसँगै स्थानीय खेलाडीका लागि खेलमैदान अभाव भएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लालबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो–‘निर्माण कम्पनीले राखेपले काम नगरेको बताउँछ । राखेपले काम भएको छैन भन्दै आएको छ । यसले क्रिकेट मैदान निर्माण कार्य अलपत्र परेको छ ।’

दुई दशकअघि बैतडीमा क्रिकेट भित्रिएसँगै सुन्दखालीमा क्रिकेट फिल्ड निर्माण गरिएको थियो । यही फिल्डमा अभ्यास गर्दागर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण योगदान पु¥याएका स्थानीय खेलाडीको लागि मैदानको अभाव हुनु चिन्ताको विषय भएको अध्यक्ष चन्दको भनाइ छ । सुविधासम्पन्न स्टेडियम निर्माण सुरु हुँदा उत्साहित बनेका क्रिकेटप्रेमी तथा प्रतिभावान खेलाडी अहिले चिन्तित भएकाले निर्माण कार्य अघि बढ्नुपर्ने स्थानीय बताउँछन् ।

नियमित अभ्यासका साथै स्थानीय प्रतियोगिता सञ्चालन गर्न नसकिने अवस्था आएकाले खेलमैदानको निर्माण सुरु हुनुपर्ने स्थानीय क्रिकेट खेलाडी गजेन्द्र बोहराले बताउनुभयो । ‘मैदान भत्काइएपछि स्थानीय खेलाडी सदरमुकामभन्दा ११ किलोमिटर टाढाको देहिमाण्डौं र रातामाटाको बुड्डाबाजे मैदान जानुपर्ने बाध्यता सिर्जना भएको छ । टाढाको खेल मैदान एकातिर सानो आकारको छ, भने समय र खर्चिलो भएको खेलाडीको गुनासो छ ।

बैतडीमा क्रिकेटका लागि गतिलो मैदान नहुँदा राम्रो प्रदर्शन गर्न नसकिएको खेलाडी रोशन बोहराले बताउनुभयो । उहाँले भन्नुभयो–‘हाम्रो यहाँ अन्तरराष्ट्रियस्तर क्रिकेट मैदान बनाउने भन्ने चर्चा थियो । भएको मैदान पनि बिग्रिएको छ । हामीहरुले सडकमा अभ्यास गर्नुपर्ने बाध्यता छ । क्रिकेट मैदान नहुँदा बाहिर राम्रो प्रर्दशन गर्न सकिदैन् ।’

अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम ५५ गजभन्दा बढी खेलमैदान, डे«सिङरुम, पेभेलियन, प्रशासकीय भवन, जिम हल, अभ्यास हलसहितको सुविधासम्पन्न खेलमैदान बनाउने भनिए पनि निर्माण कार्य रोकिँदा खेलमैदान अलपत्र अवस्थामा छ ।

नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दको गृहजिल्ला समेत रहेको बैतडीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण हुँन लाग्दा यसलाई चासोको रुपमा हेरिएको छ । राखेपले क्रिकेट मैदानमा निर्माणमा चासो नदेखाएका कारण क्रिकेट मैदान निर्माण कार्य अलपत्र परेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।

उहाँले भन्नुभयो
–“जब दशरथचन्द क्रिकेट मैदान बनाउने भनेर राखेपले हात हाल्यो न क्रिकेट मैदान बनेको छ न खेलाडीहरुका लागि वैकल्पिक खेलमैदान नै छ ।”
अलपत्र अवस्थामा रहेको उक्त अन्तर्राष्ट्रिय रंगशाला निर्माणकार्य अगाडी बढाउन आवश्यक छ । निर्माणाधिन अवस्थामा रहेको रंगशाला निर्माण सम्पन्न गर्न सक्यो भने खेलाडी र खेलप्रमी तथा समग्र बैतडीको लागि सुखद पक्ष हुने देखिन्छ ।

सम्झौता अनुसार काम भएको दाबी
सम्झौता अनुसार आफूले काम गरेको निर्माण कम्पनीको दाबी रहेको छ ।
सम्झौता अनुसार हामीले निर्माण कार्य सम्पन्न गरिसकेका छौ चन्द्रा एण्ड बसन्त कन्सट्रक्सनका प्रबन्ध निर्देशक गणेश चन्दले भन्नुभयो ।“ – खाल्डाखुल्डी छ मैदानमा भन्ने राखेपले आरोप लगाएको छ ।”

निर्माण कम्पनीका ठेकेदार सुरेस चन्दले भन्नुभयो ।“–६३ हजार घनमिटर माटो काट्ने सम्झौता भएको हो ।”
ठेकेदारले स्वीकृत ठेक्का रु.एक करोड १९ लाख बराबरको काम गरेपनि खेलकुद परिषदले पुरै रकम भुक्तानी नदिएको दाबी गरेको छ भने खेलकुद परिषदले कामको मुल्यांकनका आधारमा रकम भुक्तानी दिइसकेको बताएकोले विवाद बढेको बताईएको छ ।

खेलाडीहरुलाई खेलमैदानको अभाव
काम रोकिएर निर्माण कार्य अनिश्चित भएसँगै स्थानीय खेलाडीहरुका लागि खेलमैदान अभाव भएको छ । डेढ दशक अघिबाट क्रिकेटको सुरुवात भएसँगै बैतडीको दशरथचन्द नगरपालिकाको सुन्दरखालीमा क्रिकेट फिल्ड निर्माण गरिएको थियो । यही फिल्डमा अभ्यास गर्दागर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण योगदान पु¥याएको बैतडीमा हाल आएर खेलमैदानको नै अभाव भएको क्रिकेट एसोसिएसन नेपाल क्यानका अध्यक्ष चन्दले बताउनुभयो ।

खेलाडी निरास
जिल्लामा अन्र्तराष्ट्रिय स्तरको रंगशाला निर्माण हुदा हर्षित भएका स्थानिय खेलाडीमा भने केही निरासा छाएको छ । नियमित अभ्यासका साथै स्थानीय टुर्नामेन्टहरु सञ्चालन गर्न नसकिने अवस्था आएकाले खेलमैदानको निर्माण सुरु हुनुपर्ने स्थानीय क्रिकेट खेलाडी मोहित भण्डारीले बताउनुभयो ।
बैतडीमा क्रिकेट प्रति आकर्षण बढ्दै गएपनि उचित खेलमैदान भने बन्न सकेका छैनन् । बर्षमा बिभिन्न टुर्नामेन्ट गर्दा स्थानीय खेलाडीहरु उत्पादन हुने भएपनि दुई बर्ष यता आफूहरुले कुनै टुर्नामेन्ट गर्न नसकेको अर्का क्रिकेट खेलाडी रिसिकेस बोहराको भनाई रहेको छ ।

स्थानीय सरकारको चासो
विगत तीन वर्ष यतादेखि निर्माणकार्य अलपत्र रहेको बैतडीको सुन्दरखाली क्रिकेट मैदान निर्माण गर्न स्थानीय सरकारले चासो देखाएका छन् । दशरथचन्द नगरपालिकाले उक्त मैदान निर्माणमा चासो देखाएपछि अलपत्र क्रिकेट मैदान निर्माणको काम सुरु भएको हो । यसले खेलाडीहरुमा पनि उत्साह छाएको छ । “खेलकुदको विकासका लागी मैदान निर्माण कार्य अघि बढाउन जरुरी भएकाले अलपत्र अवस्थामा रहेको सुन्दरखानी क्रिकेट मैदानलाई सम्याउन सुरु गरिएको हो ।”

प्रतिक्रिया दिनुहोस्