रसुवाका भुकम्प पीडित अझै जोखिमा



सरस्वती न्यौपाने, रसुवा
भुकम्प गएको झण्डै वर्ष पुग्न लाग्दा समेत भुकम्पको कारण जोखिमा परेका वस्तीहरु अझै स्तान्तरण हुन सकेको छैन् । रसुवा जिल्लाका २७५ जना भुकम्प पीडित अझै अन्यौलमा परेका छन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले रसुवा जिल्लाको जोखिमयुक्त बस्तीमा परेका ९ सय ९९ परिवारको नाम सुचिमा प्रकाशन गरेपनि जग्गा प्राप्त गरेका लाभग्राही ४२८ रहेको छ । आफ्नै सुरक्षित जग्गामा सरेको ७३ जना छन भने जोखिम वर्गका थप अनुदान प्राप्त लाभग्राही १७५ रहेका छन ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार रसुवाले जिल्लाकोे पाँच ओटै गाउँपालिकाहरुमा १२ हजार ४ सय ९२ लक्षित लाभग्राहीहरुले पहिलो किस्ता ११ हजार ६ सय ९९ दोस्रो किस्ता, १० हजार ६ सय ७२ तेस्रो किस्ता ९ हजार ३ सय १० लिइएको त्यसबाट प्रत्यक्ष लाभग्राहीको सुचिमा २ सय १९ रहेका तथ्याङ्कमा उल्लेख गरेको छ ।

त्यस्तै भुकम्पपछिको समयमा जिल्लामा विभिन्न गैरसरकारी संस्थाले पनि साविकको गाविसहरु र हालको गाउँपालिकाहरुमा लक्षित वर्गमा परेका ११ हजार घर र ९९७ तस्रो किस्ता दिई निर्माण सम्पन्न भएको ८७९ आवास रहेका छन । सर्वेक्षणबाट पहिचान भई गुनासो फर्छ्यौट पछि थप भएका लाभग्राही संस्था १२ हजार ४ सय ९२ रहेका छन । यस्तै अनुदान सम्झौता सम्पन्न कुल घरधुरी संख्या ११ हजार सात सय १७ रहेको छ । भुकम्पबाट अति प्रभावित हाकु गोगने तिरुका भुकम्प पीडितहरु जिल्लाको खाल्टे, नुवाकोटको सात विसेमा बस्दै आएका छन ।

जिल्ल आयोजना कार्यान्वयन इकाई ( अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) रसुवाका प्रमुख कृष्ण कान्त उपाध्यायका अनुसार जिल्लाको जोखिमयुक्त बस्तीमा परेका १ हजार ७ सय परिवारको नाम लाभग्रागी सुचिमा प्रकाशन गरेको बताउनुभयो । उहाँले थप गुनासोे सुनुवाई हुने र त्यसमध्ये ३६४ परिवारले २ लाख लिइसकेले पुनवासको प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

लामो समयसम्म टहरामा बस्दै आएका भुकम्प पीडितको दिनानुदिन कष्टकर बन्दै गएको छ । छिमेकी जिल्ला नुवाकोटको इनारपाटीमा ८४ घर अझै पुर्न स्थापितहुने आशामा बसेका छन् । भुकम्प गएको चार बर्ष पुग्यो न त आफ्नो ठाउँमा जान सकेका छन न त नयाँ ठाउँको टुंगो लागेको छ । भुकम्पपछि थाकथलो छोडेका र जिल्लाकै बोगटीटारमा विस्थापित भएर आफ्नो गाउँ छोडेर बसोबास गरिरहेका छेकु लामा बताउछन । उहाँकोछिमेकी पुनरबासमा जान सुरक्षित र उपयुक्त जग्गामा भौतारिरहेको चार वर्ष भईसक्यो पहिरोले थाकथलो नै छोड्नु प¥यो सुरक्षित र उपयुुक्त ठाउँ नपाउदा जिल्ला नै छोड्नु पर्ने भुकम्प उहाँको गुनासो छ ।

जिल्लामा विस्थापितहरुलाई पुनस्थापना गर्ने सरकारले घोषणा गरेपनि अझैसम्म कार्यान्वयन हुन सकेको छैन् । यस्तो संवेनशिल विषयमा पनि सरकारले अझै ध्यान दिन सकेको छैन् ।

गोसाईकुण्ड गाउँपालिका–६ धुन्चेको केबु र इम्रुङ साइटमा अझै पनि जस्ताकै टहरोमा बस्न बाँध्य भएको हाकुका उत्तम तामाङ बताउछन । इन्जिनियरले हेरेर पास गरेपछि मात्र घर बनाउनु पर्ने हुँदा भुकम्प प्रतिरोधी घरमा एक जना पनि नअटाउने भएपछि पीडितहरु थप चिन्तामा रहेका छन् । यस्तो घरमा कति जना बस्नु आफ्नो सुरले पनि बनाउन नपाईने र सरकारको मापदण्डको जस्तो घरमा पनि बस्ने नमिल्ने हुदा पिडितहरु थप चिन्तामा रहेका छन ।

भुकम्प प्रतिरोधी घर बनाउन इन्जिनियरको सल्लाह अनुसार नबनाए किस्ता नपाइने बनाए एक जना समेत नपुग्ने भएपछि अन्यौल सृजना भई रहेको भुकम्प पीडितको गुनासो छ । जोखिमयुक्त वस्तीको कारण विस्तापित भएका भुकम्प पीडितहरुले समयमा नै घर बनाउने स्थानको टुंगो लगाइदिन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्