दक्षिण चीन सागरमा अमेरिकी युद्धपोत



वासिङ्टन, (एजेन्सी)
दक्षिण चीन सागरमा जलक्षेत्रलाई लिएर चीनको दाबीलाई चुनौती दिँदै अमेरिकाका दुई युद्धपोत सोमबार विवादित द्वीप शृंखला नजिक पुगेको सञ्चार माध्यमहरूले जनाएको छ। गाइडेड मिसाइल डेस्ट्रायर यूएसएस स्पु्रअंस र यूएसएस प्रेबल नौसैनिक बेडा स्वतन्त्र आवागमनअन्तर्गत विवादास्पद स्पेटली द्वीप शृंखलाबाट १२ नटिकल माइलाको दूरीबाट गुज्रिएको सीएनएनले जनाएको छ।

अमेरिका र चीनबीच व्यापार युद्ध चलिरहेका बेला भएको यस घटनाले चीन थप रुष्ट हुन सक्ने अनुमान गरिएको छ। दक्षिण चीन सागरमा स्प्रटली टापु समूहलाई लिएर विवाद छ। यस द्वीप समूहको सीमा फिलिपिन्स, मलेसिया र भियतनामको नजिक पर्छ। दक्षिण चीन सागरको करिब अधिकांश हिस्सामा चीनले आफ्नो दाबी गर्दै आइरहेको छ। तर ताइवान, फिलिपिन्स, ब्रुनाइ, मलेसिया र भियतनामले पनि यसका केही हिस्सामा आ–आफ्नो रहेको दाबी गरिरहेका छन्।

अमेरिकी नौसेनाका सातौं बेडाका प्रवक्ता कमान्डर क्ले डोसले समुद्री क्षेत्रलाई लिएर बढाइचढाइ गर्दा भइरहेको दाबीलाई चुनौती दिन र अन्तर्राष्ट्रिय कानुनअन्तर्गत जलमार्गसम्मको पहुँच सुरक्षित बनाउनका लागि सोमबार उक्त कारबाही गरिएको जानकार दिए। अन्तर्राष्ट्रिय कानुन अनुरूप सैन्य वेडा परिचालन भएको डोस र अमेरिकाले अन्तर्राष्ट्रिय कानुनअनुसार मात्र उडान तथा नौसैनिक पानीजहाज चलाउँछ भन्ने यस देखाउन खोजेको डोसले बताए।

प्रतिक्रिया दिनुहोस्