रेडिअन्ट र न्युभिजन च्याम्पियन



नेपाल समाचारपत्र, काठमाडौं
रेडिअन्ट पब्लिक र आयोजक न्यु भिजन एकेडेमी प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन्।
रेडिअन्टले सिनियर र जुनियर ब्वाइजमा गरी दोहोरो उपाधि जित्यो भने न्यु भिजनले सिनियर गल्र्समा उपाधि हात पारेको हो। सोमाबार सिनियर ब्वाइज फाइनलमा रेडिअन्टले नेरिक एकेडेमीलाई ५३–४९ ले पराजित ग¥यो। टोलीलाई जित दिलाउन २० अंक जोडेका उपेन्द्र मोस्ट भ्यालुएबल प्लेयरसमेत घोषित भए। ग्रामरले तेस्रो स्थानमा चित्त बुझायो।
कोटेश्वरस्थित घरेलु कोर्टमा भएको सिनियर गल्र्सको उपाधि भीडन्तमा न्यु भिजनले जेनिअम नेसनल एकेडेमीमाथि २५–१३ को जित दर्ता ग¥यो। विजेताकी मनीषा गुरुङले १२ अंक जोडिन्। उनी मोस्ट भ्यालुबएल प्लेयर घोषित पनि भइन्। ग्रामर तेस्रो स्थानमा र≈यो। जुनियर ब्वाइज फाइनलमा पनि रेडिअन्टले नेरिकलाई नै ४३–३२ ले हरायो। रेडिअन्टका प्रस्तुत पौडेलले १६ स्कोर गरे। ग्रिनफिल्ड तेस्रो भयो।

सिनियर ब्वाइजमा इरिस एकेडेमीका उज्ज्वल लिम्बु, जुनियर ब्वाइजमा नवज्योतिका सुनिल थापामगर र सिनियर गल्र्समा रेडिअन्टकी अशु गौतम उदीयमान खेलाडी चुनिए। सिनियर ब्वाइजमा ग्रामरका विश्वास राई, जुनियर ब्वाइजमा नेरिकका भुवन थापा र सिनियर गल्र्समा जेनिअमकी रोजी थापा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने।

 

प्रतिक्रिया दिनुहोस्