रेडपान्डा प्रजनन केन्द्र स्थापना



गणेश घिमिरे, इलाम
दुर्लभ वन्यजन्तु हाब्रे ९रेडपान्डा०को प्रजनन केन्द्र इलामको सन्दकपुर गाउँपालिकामा स्थापना भएको छ। जिल्लाको सन्दकपुर गाउँपालिका १, २ र ३ ९माईपोखरी–सुलुबुङ र माइमझुवा०को संगमस्थल टप्पुमा प्रजनन केन्द्रको स्थापना गरिएको हो। कुकुर र जंगली जनावरका शिकारको जोखिममा परेपछि गाउँपालिकाले रेडपान्डाको उत्पादन वृद्धि गराउने गरी प्रजनन केन्द्र स्थापना गरेको हो।

विगतमा चोरी तस्करी हुने गरेको रेडपान्डाको संरक्षणका लागि ट्र्यापिङ क्यामरा जडानपछि चोरी तस्करीमा नियन्त्रणमा आएको गाउँपालिकाका प्रवक्ता गिरिराजमणि खनालले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘कुकुर र अन्य जंगली जनावरबाट रेडपान्डालाई जोगाउन नसकेपछि गाउँपालिकाले नै संरक्षण गर्नका लागि प्रजनन केन्द्रको स्थापना गरिएको हो।’
लजालु प्रकृतिको दुर्लभ रेडपान्डा शिकार गर्न सजिलो हुने भएकाले पनि कुकुर र अन्य जंगली जनावरको आक्रमणमा सजिलै पर्ने गरेको रेडपान्डा नेटवर्कका फिल्ड संयोजक फिञ्जु शेर्पाले बताउनुभयो।

रेडपान्डाको संरक्षणका लागि रेडपान्डा नेटवर्कले इलामसहित पाँचथर र ताप्लेजुङमा सन् २०११ देखि काम गरिरहेको भए पनि जंगली जनावरबाट जोगाउने कार्यक्रम भने हालसम्म सार्वजनिक भएको थिएन। तर गाउँपालिकाले रेडपान्डाको सङ्ख्या वृद्धि गराउन प्रजनन केन्द्र स्थापना गरेको हो।

गाउँपालिकाले केन्द्र स्थापना गर्नका लागि चालु आर्थिक वर्षमा १० लाख रुपियाँ बजेट विनियोजन गरेको छ। टप्पु क्षेत्रमा रहेको करिब २ हेक्टर जमिनमा केन्द्र स्थापना गरिएको हो। प्रजनन केन्द्रभित्र अहिले सल्ला प्रजातिका रूखबिरुवा रहेकाले उक्त प्रजातिका रूखबिरुवा वनको नियमअनुसार हटाएर रेडपान्डाको आहाराको रूपमा रहेको ट्यागा, मालि·ो र भालुचिण्डे लगाउँदै त्यसलाई विस्तार गर्ने प्रवक्ता खनालले जानकारी दिनुभयो।

प्रजनन केन्द्र स्थापनापछि यसको दिगोपनाका लागि रेडपान्डा नेटवर्कलाई पनि सहयोग मागेको गाउँपालिकाले जनाएको छ। प्रजनन केन्द्र स्थापना गरेसँगै यसको व्यवस्थापनको जिम्मा गाउँपालिकाले नै लिने भएको छ। अब प्रजनन केन्द्रको क्षेत्रभित्र कुकुर तथा जंगली जनावार पस्न नसक्ने र रेडपान्डा सो एरियाबाट बाहिर निस्कन नसक्ने गरी तारजालीसहित घेराबारा गर्ने गाउँपालिकाले जनाएको छ।

सन्दकपुर गाउँपालिकाको विभिन्न गाउँमा रेडपान्डा पाइने गरेको छ। रेडपान्डा हेर्नका लागि आन्तरीक तथा बा≈य पर्यटकहरू त्यहाँ पुग्ने गर्दछन्। तर रेडपान्डा देख्न भने धेरै सकस हुने गरेको छ।

तर अब छुट्टै प्रजनन केन्द्र भएपछि रेडपान्डा हेर्न आउने पर्यटकको सङ्ख्या बढ्ने र सहजै यसलाई नियाल्न सक्ने खनालले दाबी गर्नुभयो। टप्पु क्षेत्र पर्यटकीयस्थल पनि हो। यस क्षेत्रनजिकै रहेको रमिते डाँडाबाट कञ्चनजंघा तथा सगरमाथासहित अन्य हिमशृङ्खलाका साथै तराईका फाँटहरू देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्