सरकारी अनुदानका लागि हार गुहार



सर्लाही, (नेस)
सरकारी अनुदानबापतको रकम अहिलेसम्म पनि नपाएको भन्दै सर्लाहीका उखु किसानले सोमबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापनपत्र बुझाएका छन्।
गत आर्थिक वर्ष २०७४/७५ को अनुदानको रकम उपलब्ध नगराएकाले ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गराइएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो। सरकारले उखु किसानलाई प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसा अनुदान दिने घोषणा गरेको थियो। फागुन ५ गतेसम्म पनि सरकारी अनुदानको रकम किसानलाई उपलब्ध नगराए थप संघर्षमा उत्रिने हरिवनका अगुवा उखु किसान कमल बुढाथोकीले चेतावनी दिनुभयो। सरकारी अनुदानको रकम लिनका लागि किसानले पटक–पटक ताकेता गरे पनि सरकारी प्रक्रिया झन्झटिलो भएकाले अहिलेसम्म रकम पाउन सकेका छैनन्।

उखु किसानलाई अनुदान दिन सरकारले उखु खेती हुने प्रत्येक जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालयमा एक महिनाअघि नै अनुदानको रकम पठाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्