आयोगले मनायो २८औँ स्थापना दिवस



नेपाल समाचारपत्र, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो स्थापना दिवस मनाएको छ । आयोगले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी २८ औँ स्थापना दिवस मनाएको हो ।

आयोगको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति विद्यादेवि भण्डारीले भ्रष्टाचार विरोधी महाअभियानमा सहभागि हुन आह्वान गर्नुभयो । भ्रष्टाचार मुलुकको विकासमा बाधकको रुपमा रहेको औँल्याउँदै उहाँले छिटो भन्दा छिटो भ्रष्टाचार निर्मुल पार्नु पर्ने धारणा राख्नुभयो ।
‘भ्रष्टाचारले अपूर्वर्णिय क्षती निम्त्याउँछ । त्यस कारण भ्रष्टाचार हुन पूर्व नै भ्रष्टाचार हुन नदिने तर्फ अग्रसर हुनु पर्दछ ।’, उहाँले भन्नुभयो ।

भ्रष्टाचार नियन्त्रण र निर्मुल गर्नु आबश्यक रहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले यसमा सहयोग गर्न सबैसँग अनुरोध गर्नुभयो । उहाँले भ्रष्टाचारले मुलुकलाई लज्जा जनक स्थिति हुन दिन नहुने तर्क राख्नुभयो । आयोगले पूर्वाग्राही नभई सबल र हिम्मतीलो भएर काम गर्नु पर्ने धारणा राख्नुभएको छ ।

त्यस्तै गरी आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले आयोग भ्रष्टाचार विरुद्ध निर्मम ढंगले लाग्ने धारणा राख्नुभयो । कार्यक्रममा आयोगका उत्कृष्ट अनुसन्धानकर्ता र उत्कृष्ट अख्तियार सेवा पुरस्कार समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्