अंगभंग मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ



नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रहरीले अंगभंग मुद्दाका फरार प्रतिवादीलाई १३ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा प्रसौनी ५ का बैजनाथ साह तेलीका छोरा सत्येन्द्र साह तेली रहेका छन् ।
सत्येन्द्रलाई बारा जिल्ला अदालतले गत २०६२ साल असार १ गतेको फैसला सदर हुने गरी सर्वाेच्च अदालतबाट सोहि सालको जेठ २४ गते २ वर्ष कैद सजाय तोकिएको थियो ।

उनलाई शनिबार लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले आइतबार बारा जिल्ला अदालतमा पेश गरेको थियो । उनलाई अदालतले कैद भुक्तानको लागि पर्सा कारागार पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्