माविका शिक्षकहरु गाउँपालिकाको प्रत्यक्ष निगरानीमा



रामचन्द्र वि.क.,रामेछाप ।
रामेछापको गोकुलगंगा गाउँपालिका भित्र रहेका सात ओटा माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरु अब गाउँपापालिकाको प्रत्यक्ष निगरानीमा रहने भएका छन् । पालिका भित्र रहेका सात ओटै विद्यालयमा गाउँपालिकाले विद्युतिय हाजिरी राखिदिए पछि त्यहाँ कार्यरत शिक्षकहरु पालिकाको निगरानीमा रहने भएका हुन् ।

विद्यालयमा कार्यरत शिक्षकहरु समयमै नआउने, विद्यालय समय भित्रै छोडेर हिड्ने, धेरै दिन पछि आएर हाजिरी गर्ने जस्ता गुनासो अभिभावकले राख्दै आएका थिए । अब गाउँपालिका भित्र रहेका माविमा कार्यरत शिक्षकहरुले विद्यालय सुरु हुने समय र बन्द हुने समयमा हाजिर गरेर मात्र जान पाउँने छन् । अन्यथा गाउँपालिकाले जुनसुकै समयमा विद्यालय समय भित्र शिक्षकहरु कार्यालयमा रहे–नरहेको जाँच गरेर कारबाही नै गर्ने छ ।

गोकुलगंगा भित्र रहेका सेती देवि मा.बि., जट्टेश्वोरी मा.बि., जनजागृती मा.बि., कमला देवि मा.बि., श्री मा.बि., गोकुलगङा मा.बि. र शारदा मा.बि.लाई आइतबार र सोमबार एक कार्यक्रमको आयाजना गरी विद्युतिय हाजिरी वितरण गरिएको हो ।

शिक्षालाई पद्धतीमा लैजनको लागि गाउँपालिकाको दिर्घकालिन योजना रहेको भन्दै गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवारले गुणस्तरिय शिक्षाको लागि पालिका लागी परेको बताए । गाउँपालिकाले शिक्षा क्षेत्रको बिकासलाई प्रमुख प्राथमिकतामा राखेर काम गरीरहेको अध्यक्ष सुनुवारको भनाई रहेको छ ।

गाउँपालिकाको शैक्षिक सूचनालाई विद्युतिय माध्यममा जोड्नको लागि पालिका भित्र रहेका विद्यालयलाई विद्युतिय हाजिरी प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत शिब कुमार राइले बताए ।

प्रतिक्रिया दिनुहोस्