हिउँदे झरीले किसानलाई राहत



रामचन्द्र वि.क., रामेछाप ।
यो हप्ता देशै भरी भारी वर्षा सँगै उच्च पहाडी भूभागमा हिमपात समेत भयो । हिमपात सँगै परेको पानीले किसानलाई पनि ठुलो राहात भएको छ । विषेश गरी रामेछापका साविकका २९ ओटा शुख्खा ग्रस्त गाविसका किसान लगायत जिल्लाभित्र कृषि पेशामा लागेका किसानहरुलाई हिमपात सँगै परको पानीले ठूलो राहात भएको हो ।

मन्थली नगरपालिका वडा ४ सालुका जय बहादुर खत्रीले लामो सयम पछि परेको आकासे पानीले बारीमा लगाएको गहु, तोरी, आलु तरकारी लगायतका हिउदे बालीलाई राहात पुगेको बताए । उनले भने, ‘पानी नपरेको भए बारीमा लगाएको सबै बालीनाली सुकेर जाने अवस्था थियो पानीले हामीलाई ठुलै राहात भयो ।’

त्यस्तै रामेछाप नगरपालिका वाड नम्बर ६ ओख्रेनीका जुनार किासन टिकाराम लामाले आकासे पानीले जुनालाई पनि राहात मिलेको बताए । आकासे पानीले जुनारमा मल हाल्न र गोडमेल गर्न जुनार किसानलाई ठुलो राहात पुगेको उनको भनाई छ । त्यसैगरी उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा सामुहिक रुपमा किवी खेती गरीरहेका एक सदस्य हिरालाल श्रेष्ठले पानीले कावी खेतीमा लागेका किसानलाई ठूलो फाइदा पुगेको बताए । उनले भने, ‘ हामीले करिब चार सय रोपनीमा व्यवसायिक किवी खेती गरी रहेका छौँ, यो समय किवीको विरुवा रोप्ने समय हो, यहि समयमा आकासे पानी प¥यो विरुवा रोप्नको लागि खाल्डो खन्न र विरुवा रोप्न निकै सजिलो भएको छ ।’

हिउदे बालीको आम्दानीबाटै आफ्नो परिवार चलाउने किसान देखि व्यवसायिक रुपमा खेती गर्ने किसानको मुहारमा यतिबेला एक हप्ते हिउदे झरीले खुसीयाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस्