चेम्बर महोत्सवमा पन्जाबी भाङणा नाँच प्रर्दशन हुने



विमल विष्ट, डोटी ।
डोटी चेक्वर अफ कमर्सले दिपायलको पिपल्लामा आयोजना गर्न लागेको प्रदेशिक महोत्सबमा भारतीय नागरीकहरुले पन्जाबी भाङणा नाँच प्रर्दशन गर्ने भएका छन् । भारतका पन्जाब,लखनउ,हरियाणा र दिल्ली शहरमा प्रख्यात मानियको उक्त नाँच देखाउने सहमती गर्नका लागि १ नेपाली र ३ जना भारतिय नागरीक सहतिको टोली सोमवार दिपायल आईपुगेको छ । दिपायलमा उक्त टोलीले चेम्वर अफ कमर्सका अध्यक्ष खेगेन्द्र साउद सहितका पदाधिकारीलाई भेटी सहमती (सम्झौता) समेत गरेको सो सँस्थाका सचिब तेजबहादुर डुम्रेलले बताउनु भयो ।

त्यस्तै उक्त महोत्सब तथा खप्तड भम्रण गर्नका लागि भारतका पन्जाब,लखनउ,हरियाणा र दिल्ली शहरबाट कम्तिमा पनि २० देखी ३० गाडी भारतिय पर्यटकहरु अवलोकनका लागि आउने भएको सम्झौताका लागि द ग्लोवल इनिष्टच्यूट अफ ईन्फरमेसन टेक्नोलोजी भारतबाट दिपायल आउनु भएका बिबि भण्डारीले जानकारी दिनुभयो ।

भारतमा रहेको द ग्लोवल इनिष्टच्यूट अफ ईन्फरमेसन टेक्नोलोजीले भारतिय पर्यटक ल्याउने तथा आफनो ईनिष्टच्यूटले गर्ने गरेका गतिबिधिका बारेमा समेत महोत्सबमा जानकारी दिने भएको सो इनिष्टच्यूटका प्रमुख करनवीर जागराले बताउनु भयो । उहाँले भन्नुभयो, “हामी भारतबाट पर्यटक ल्याएर डोटीको खप्तड घुमाउछौँ र चेम्वरको महोत्सबपनि अवलोकन गराउने छौँ ।”

आगामी फागुन १७ गते देखी २७ गते सम्म सञ्चालन हुने उक्त प्रदेशिक महोत्सब तथा खप्तड भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि डोटी चेम्वर अफ कमर्सले दिपायल देखी खप्तड सम्म हेलीकप्टरको व्यवस्था मिलाएका कारण भारतबाट पनि खप्तड घुम्न पर्यटक आउने भएका हुन् । त्यस्तै महोत्सब समाप्त पस्चात उक्त भारतिय कम्पनीले दिपायलमा चेम्वर अफ कमर्स सँग मिलेर सिभिल ईन्जिनियर,फायर एण्ड सेफटी,मोवाईल रिपेरिङ तथा होटेल व्यवस्थापन सम्वन्धि तालिम दिने लक्ष राखेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्