लागूऔषध सहित दुईजना भारतीय पक्राउ



कृष्णउदास खनाल, वीरगन्ज
पर्सा प्रहरीले वीरगन्ज महानगरपालिकाबाट लागूऔषध चरेशसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार भारत पश्चिम बंगाल कोलकता ११ नारगेल मेनरोडका ३८ वर्षीय मोहमद सकिल र २६ वर्षीय मोहमद फरिद पक्राउ परेका हुन् ।वीरगन्ज महानगरपालिका १६ शंकराचार्य गेट नजिकबाटै पक्राउ परेका उनीहरुको साथबाट लागूऔषध चरेश १० किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरी चौकी ईनर्वा, पर्साबाट खटिएको प्रहरी चेकजाँचका क्रममा नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनीहरुले शरीरमा लुकाई लैजाँदै गरेको चरेश बरामद गरेको प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।
उनीहरुलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।उनीहरु लागू औषधका सेवनकर्ता हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्