पानी दर्किरर्यो, कार्यक्रम चलिरर्यो



रामधन राई,खोटाङ

मौसम खुला थियो। दर्शक तथा सहभागी खचाखच थिए। कार्यक्रम बडो रौनकताका साथ अघि बढिरहेको थियो। नृत्य प्रस्तुत गर्नका लागि रंगीचंगी बनेका कलाकार टोलीको चहलपहल बाक्लै थियो। विद्यालयको फराकिलो प्राङ्गण वरिपरि वृद्धवृद्धाको जमात ठूलो देखिन्थ्यो भने त्यसपछिको चौघेरामा अभिभावक तथा अन्य दर्शक। माथिल्लो मैदानको डिल र विद्यालयको बार्दलीमा विद्यार्थीको वर्चस्व थियो। प्रमुख अतिथि प्रतिनधिसभा सदस्य विशाल भट्टराई, विशेष अतिथि पूर्वसांसद सरस्वती वजिमय, जिल्लाका नेता, प्रमुख जिल्ला अधिकारी सुरेन्द्रप्रसाद पौडेललगायत सुरक्षा निकायका प्रमुख, शिक्षाप्रमी, वुद्विजीवि, पत्रकार गरी ठूलो संख्यामा रहेका विशिष्ट व्यक्ति मञ्चमा आसिन थिए। कार्यक्रमको मध्यभागमा पुग्दा नपुग्दै करिब दिनको २ बजेतिर आकाश मडारियो। बतास चल्न थाल्यो।

सञ्चालिकाले कार्यक्रमलाई रफ्तारमा दौडाउन खोज्दा–खोज्दै एक्कासी मौसमले उग्र रूप लियो। मञ्च भत्काउलाभैंm वर्षात्स“गै हावाहुरी चल्यो। वृद्धवृद्धाको भागाभाग चल्यो। दर्शकदीर्घा तितरवितर बन्न पुग्यो। एकै छिनमा मञ्चमा आसिन विशिष्ट व्यक्तित्वहरू बाहेक मैदान र आसपास सुनसान बन्यो। विद्यार्थीलाई विद्यालयको कक्षाकोठामा सुरक्षित हुन सचेत गराउ“दै सञ्चालिकाले भनिरहिन्– ‘अनुकूल मौसम हुनासाथ कार्यक्रम फेरि सुचारु हुनेछ।’ तर न त मौसम अनुकूल भयो न त कार्यक्रम रोकियो।

झन् जोड जोडले कार्यक्रम अगाडि बढ्यो। जब गायिका राधा राई र गायक रेवत राईको नाम उच्चारण भयो, गायक रेवत जे जति दर्शक भए पनि गीत गाउन तयार भए। सोही विद्यालयको पूर्वविद्यार्थी भएकामा गर्व गर्दे रेवतले गीत गाउन शुरू गरे।

पानी परिर≈यो, ताली बजिर≈यो, गीत गुञ्जिर≈यो। झन् झन् दर्शक बढे। रेवतले दर्शकको जोशलाई ख्याल गर्दै गीत निरन्तर गाइरहे। छेकेन झरीले, रोकेन चिसोले। दिखुवा सा“घु तरेर गाउ“दै अघि बढेका गायक राईले पग्ली जान्छ हिमाल हु“दै ७ गीतमा दर्शकलाई झुमाएर अन्तिममा डान्सिङ नम्बर नो दाउट भन्दै सबैलाई नचाएर बिट मारे। ७ गीत गाइसक्दा पनि दर्शक नाच्न खोजी नै रहे। तर गायिका राधा राईलाई स्वागत गर्दै रेवत पछि सर्नैपर्ने अवस्था थियो।

माघे झरी दर्की नै र≈यो। गायिका राधा मन्द मुस्कान सजाउ“दै मञ्चको अघिल्लो भागमा उत्रिइन्। सुमधुर स्वरले स्पर्श गर्न शुरू गरिन् दर्शकको मनलाई। लेकैबाट बोलको गीतबाट दर्शकको भिजेको मनमा पसेकी राधा बीचबीचमा भन्दै थिइन्– ‘भाइ अगाडि मञ्चमै नै आएर नाच्नुस्, भिज्नुभो विचरा।’ तर संगीतको सुरमा रमरम बनेका दर्शक किन भाग्थे? झरीस“गै नाचिरहे। अन्तिममा खैजेडी र मादलु बोलको गीतमा बेस्सरी झुमाउ“दै पछि हटिन् गायिका राधा। राधाले पनि ७ गीत गाइन्। संगीतको शक्तिका कारण दर्शकलाई माघे झरीले छेकेन। गाउने कार्यक्रम सकिएपछि लस्करै उकालो लाग्दै गरेका एकजना बुढी आमै भन्दै थिइन्– ‘यस्तो चिसो झरीमा तिनी दुईले रुझाउनु रुझाए ए।’

दिक्तेल बजारस्थित पञ्च माविको स्वर्ण महोत्सवको समापन कार्यक्रममा राधा र रेवतको प्रस्तुति हेर्न दर्शकको घुइ“चो लागे पनि प्रतिकूल मौसमका कारण केही खल्लो भएको थियो। साता दिन अघि शुरू गरिएको स्वर्ण महोत्सव विविध कार्यक्रम गर्दै समापन गरिएको छ। पञ्च मावि जिल्लामै उत्कृष्ट विद्यालय भएको भन्दै यही वर्ष प्रदेश नम्बर १ ले ५ लाख रुपिया“ पुरस्कार प्राप्त गर्न सफल बनेको छ। २०२४ सालमा स्थापित उक्त विद्यालय जिल्लाकै एकमात्र बाली विज्ञान पठनपाठन हुने विद्यालय हो।

प्रतिक्रिया दिनुहोस्