लडाकु चाड सेनाको नियन्त्रणमा



एन जामेना,(एजेन्सी)
चाडको सेनाले शनिवार लिवियाबाट आएका लडाकुहरु विरुद्ध विशेष सुरक्षा कारवाही चलाउने क्रममा २ सय ५० जना भन्दा लडाकुलाइृ हिरासतमा लिएको दावी गरेको छ । सेनाद्वारा जारी गरिएको एक विज्ञप्तिमा पक्राउ पर्नेमा चारजना प्रभावशाली लडाकु नेता पनि रहेको बताइएको छ ।

सेनाले लडाकुहरुको चालिसवटा सावारी साधन धवस्त पारिनुका साथै सयौं संख्यामा हतियार जफत गरिएको पनि बताएको छ । चाडलाई सैनिक सहयोग उपलब्ध गराउँदै आएको फ्रान्सले यसैसाता लडाकु जेट विमानहरुबाट एन्नेडी क्षेत्रमा आक्रमण गरेको थियो ।

फ्रान्सले चाडको शसस्त्र फौजसंग मिलेर सो आक्रमण गरेको जनाएको छ । सेना चाडको सयौं किमि भित्र प्रवेश गरेका ति लडाकुहरुलाई अनतत रोक्न सफल भएको हो । तर गुप्तचर निकायले भने एक सयजना लडाकु मात्र हिरासतमा लिइएको रोयटर्स समाचार निकायलाई जनाएको छ । लडाकुहरुको यो घुसपैठ राष्ट्रपति इड्रिस डेविलाई खतरा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्