आज मौसममा फेरि बदली भई पानी पर्ने



काठमाडौँ । लगातार ४ दिन भारी वर्षासहित बदली भएको मौसममा आइतबार सुधार आए पनि सोमबार भने फेरि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव फेरि बलियो भएर आएकोले सोमबारको मौसममा आशिंक देखि सामान्य बदली रहने महाशाखाले उल्लेख गरेको छ । आइतबार देशभरको मौसम सफा भएर घाम लागेको थियो ।

तर सोमबार भने देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

उच्च पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्