आईफोनको बग हटाउन १४ बर्षका केटाको सहयोग



सानफ्रान्सिस्को (एजेन्सी)
एपलले पछिल्लो पटक उसको एक प्रोग्राममा देखिएको समस्या(बग)लाई हटाएकोछ । फेसटाइममा आएको उक्त बग हटाउन एक छात्रले सहयोग गरेको हो ।

उक्त बग पत्ता लगाउने १४ बर्षका छात्र ग्रान्ट थम्पसनलाई एपलले नगद पुरस्कार पनि प्रदान गरिने भएको बताइएको छ । यो रकम कति हुन्छ भन्ने बारेमा खुलाइएको छैन । फेसटाइममा बग भएको खुलासा गत महिना भएको थियो । सबैभन्दा पहिला थम्पसनले नै यस विषयमा बताएका थिए ।

फेसटाइम प्रयोग गर्ने आईफोन प्रयोगकर्ताको आवाज बिना फोन उठाइकन पनि फोन गर्नेसम्म आवाज पुग्ने गरेको थियो । ग्रुप कलिंग अर्थात समुहमा फोनवार्ताका क्रममा यो समस्या देखिएको थियो । आईफोनबाट आईफोन वा म्याकमा फोन गर्दा यसतो भइरहेको थियो । एक युजरले ट्विटरमा यसको भिडियो पनि पोस्ट गरेका थिए ।

एपलले अब फेसटाइम सफ्टवेयर आईओएस १२.१.४ भर्जन रिलिज गरेको छ । यसमा बगको समस्या नहुने दावी गरिएको छ । एपलका अनुसार जुन प्रयोगकर्ताले सफ्टवेयर अपडेट गरेको छैन उनीहरुको सुरक्षाका लागि फेसटाइम एपसँगै सर्वरलाई पनि अपडेट गरिएको छ । यसले फेसटाइम लाइभ फोटो फिचर बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस्