उकुस मुकुसको उपज



कम्रेड प्रचण्डलाई युद्धकालिन झझल्को छोड्या रैनछ भन्ने कुरो उनकै अभिव्यक्तिले प्रष्ट्याउछ । शुक्रवार एक कार्यक्रममा बोल्दै उनले फेरी माओवादी जन्मिन सक्ने, अधुरो क्रान्ति जारी रहन सक्ने बताए । पार्टी मिले पनि के भो, मन नमिल्दाको उकुस मुकुस उनले खोलेपछि धरहरालाई लाग्यो, दुईतिहाईको दम्ब धेरै दिन टिक्दैन ।

‘अनिकालमा बिऊ जोगाऊ’ भन्ने उक्ति धरहराले त ऊ बेलामा सुन्या हो, कतै बुढाले त्यस्तै पो ग¥या छन् कि ? तर विप्लव, बैद्य र अन्यले पनि उस्तै उस्तै धम्की दिइराख्या बेला कम्रेडको अभिव्यक्तिलाई मार्केटमा धेरैले उकुस मुकुसको उपज मान्या छन्, जनतालाई भ्रम नछरे हुन्छ । माओवादी फेरी जन्मन्छ नै भने पनि हावापानी यही हो, यही हावापानीमा हुर्किने, बढ्ने पार्टीको ग्रहदशा र नक्षत्रको भविष्यबाणी गर्न सब एकसे एक भा छन् ।

त्यसैले कम्रेड, अब जन्मने भन्या पार्टी नाबो विऊकै त होला नि, की कतैबाट आयातित हाइब्रिड हो, यस्तै प्रश्नको झटारो मार्केटमा खुब चल्न थाल्या छ । आफ्नो पार्टी थपक्कै ओली पार्टीमा बिलाएसी यस्तै हो, बेला मौकामा यस्ता अभिव्यक्ति आइरहन्छन् क्यार । होइन भने त नेता नै विलाउने अवस्था हुन्छ । अहिले कम्रेडको अभिव्यक्ति बेला न कुबेला भेनेजुएला चाहिँ नहोस, तर्कमा दम होस, धरहरा यही चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्