उत्तरी ध्रुव साइबेरियातर्फ सर्दै छ: वैज्ञानिक



वासिंगटन, (एजेन्सी)
पृथ्वीको भौगोलिक उत्तरी ध्रुव स्थिर देखिए पनि भूगोलको दिशा देखाउने चुम्बकको उत्तरी ध्रुवले आफ्नो स्थिति परिवर्तन गरिरहेको छ। चुम्बकीय उत्तरी ध्रुवको दिशा उत्तर ध्रुव क्यानाडाली आर्कटिकबाट वार्षिक ५५ किलोमिटरको दरले साइबेरियातर्फ सरिरहेको छ।
चुम्बकीय उत्तरी ध्रुवको माध्यमबाट कम्पासमा दिशा हेर्ने गरिन्छ। यसको परिवर्तनका कारण जलमार्गमा आधारित यातायातमा समस्या आइरहेको छ। पृथ्वीको चुम्बकीय उत्तरी ध्रुव विगत केही दशकमा यति धेरै तिव्रगतिमा सरिरहेको छ कि वैज्ञानिकहरूले यसअघि निर्धारित गरिएका जलमार्गका लागि सही भइरहेको छैन।

यसैहप्ता वैज्ञानिकहरूले एक अपडेट जारी गर्दै सही ध्रुव कहाँ पर्छ देखाइएको थियो। यो अपडेट तय समयभन्दा करिब एक वर्ष पहिला जारी गरिएको हो। उक्त नयाँ आँकडाले चुम्बकीय उत्तरी ध्रुव हरेक वर्ष करिब ५५ किलोमिटर खस्किरहेको देखाएको छ। यसले सन् २०१७ मा इन्टरनेसनल डेटलाइनलाई उछिनेको थियो र यो साइबेरियातर्फ बढ्ने क्रममा अहिले क्यानाडाली आर्कटिकबाट अगाडि बढिरहेको छ। कोलोराडो युनिभर्सिटीका भू–भौतिकशास्त्री र नयाँ वल्र्ड म्याग्नेटिक मोडलका प्रमुख शोधकर्ता अर्नोड चुलियटले भनेका छन्, लगातार परिवर्तन भइरहेको यसको स्थानका कारण स्मार्टफोन र उपभोक्ताहरूले प्रयोग गर्ने केही इलेक्ट्रोनिक्स उपकरणका कम्पासमा समस्या आइरहेका छन्।

विमान तथा पानी जहाज चुम्बकीय उत्तरी ध्रुवमा निर्भर रहेका हुन्छन्। विशेष गरी यो कुनै स्थानको दिशा पहिचानका लागि र गन्तव्य निर्धारणमा प्रयोग हुने गर्छ। जीपीएस भने यसबाट प्रभावित भएको छैन किनभने यो उपग्रहमा आधारित छ। सेनाको नौसैनिक वाहन र प्यारासुट खसाल्न पनि चुम्बकीय उत्तर ध्रुवको मद्दत लिनुपर्ने हुन्छ। नासा, संघीय विमान उडान प्रशासन तथा अमेरिकी वन विभाग पनि यसको प्रयोग गर्छन्।

विमानस्थलको धावनमार्गका स्थानहरूको नाम पनि चुम्बकीय उत्तरी ध्रुवको दिशामा आधारित हुने गर्छ र ध्रुव परिवर्तनसँगै त्यसको नाम पनि परिवर्तन हुन्छ। मेरिल्यान्ड युनिभर्सिटीका भू–भौतिकशास्त्री डेनियल लेथ्रोपले ध्रुवमा आइरहेको परिवर्तनले पृथ्वीको बाहिरी कोरमा हलचल आइरहेको बताएका छन्। ग्रहको केन्द्रमा फलाम र निकलको तातो तरल महासागर रहेको छ र त्यहाँ हुने हलचलले नै विद्युतीय क्षेत्र उत्पन्न हुने गर्छ। चुम्बकीय दक्षिण धु्रव भने उत्तरको तुलनामा बिस्तारै खस्किरहेको पनि उनीहरूले बताए।

प्रतिक्रिया दिनुहोस्