न्यु भिजन समूह विजेता



काठमाडौं, (नेस)
आयोजक न्यु भिजन एकेडेमी प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत सिनियर गल्र्सतर्फ समूह ‘बी’ को विजेता बन्दै शुक्रबार सेमिफाइनलमा पुगेको छ। कोटेश्वरस्थित घरेलु कोर्टमा एक खेलअगावै अन्तिम चारमा पुगिसकेको न्यु भिजनले जेनिअमलाई २०–९ अंकले पराजित गर्दै समूह विजेता बनेको हो। न्यु भिजनकी मनीषा गुरुङले १० अंक जोडिन्। जेनिअम पनि उपविजेताका हैसियतले सेमिफाइनलमा पुग्न सफल भयो।

प्रतिक्रिया दिनुहोस्