भीमफेदीको नयाँ भिडियो



भीमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक गएिको छ। नहेर त्यसरी मैच्याङ बोलको गीतको म्युजिक भिडियो सर्वाजनिक गरिएको हो।

मनाङको चिसोमा छायांकन गरिएको गीतमा पूर्वजन्म र पुनर्जन्मको प्रेमलाई देखाइएको छ। गायक, संगीतकार तथा गीतकार ईश्वर मगियाकोको गीतको म्युजिक भिडियोमा भीमफेदी गाइजको कोरियोग्राफी तथा निर्मल लामाको निर्देशन रहेको छ।

मायामा असफल पात्रले आफ्नो माया प्राप्तिका लागि गर्ने गलत कार्यले निम्त्याएको दुर्घटनालाई भिडियोमा देखाइएको छ। गीतको भिडियोमा भीमफेदी गाइजका निर्मल लामा भिलेनका रूपमा प्रस्तुत भएका छन्। ‘भिलेनजस्तो म मात्रै थिएँ। हाम्रो ग्रुपमा मेरो अनुहार भिलेनको जस्तो छैन तरु’ –निर्मल मजाकमा भन्छन्। आफूहरूले यस गीतको लागि कडा मेहनतका साथ काम गरेको उनले बताए। यसपटक आफूहरूले पूर्वजन्म र पुनर्जन्मको प्रेमलाई देखाउन खोजेको पनि उनले प्रष्ट्याए। सेलो शैलीको स्याड भर्सनको गीतमा भीमफेदी गाइजको साथमा निर्जली लामाको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्