शिव पुरी सम्पादकबाट निर्देशक



रश्मी थापा
करिब डेढ दशकभन्दा बढी समयदेखि नेपाली सिने क्षेत्रमा फिल्म सम्पादकको रूपमा सक्रिय रहेका शिव पुरीले हालै राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान अनिल गुरुङको जीवनीमा आधारित भकुन्डो नामक फिल्मबाट फिल्म निर्देशनमा पनि डेब्यु गरेका छन्। उता माओवादी द्वन्द्वकालमा वेपत्ता पारिएका एक व्यक्तिको कथामा आथारति लस्ट भाइब वान फाइब नामक डकुमेन्ट्री र वैदेशिक रोजगारीमा गएका एक छोरा जो आफू विदेशमा हुँदा आमाको निधन भए पनि स्वेदश आउन नपाएको गीतको भिडियो निर्देशनलाई एकै साथ लगिरहेका छन्।

पारिवारिक पृष्ठभूमि नै फिल्मसँग नजिक शिवका दाइ नारायण पुरी चर्चित निर्देशक हुन् भने भतिज संयम पुरीले नेपाली फिल्ममा चकलेटी नायकको छवि बनाएका छन्। ‘पहिले–पहिले पनि फिल्म डाइरेक्सनका लागि निकै अफर आएका थिए, तर जब एडिटर भएर काम गर्न थालें र फिल्मलाई अझ नजिकबाट बुझें, झन् कन्फिडेन्ट लेबल कम हुँदै गयो। बरू फिल्म नजान्दाखेरी डाइरेक्सन गर्ने आँट हुन्थ्यो होला, तर जति बुझ्यो त्यति डर लाग्ने भएकोले गरिएन। जबरजस्ती डाइरेक्टर बन्नुभन्दा यही प्रँेफेसन ठीक छ भनेर सम्पादनको कामलाई नै निरन्तरता दिँदै आएको थिएँ’, पुरी गफिए– ‘तर भकुन्डोचाहिँ अलि फरक कथा र मेन स्ट्रिमभन्दा फरक सिनेमा भएकाले यसमा अर्कै फिल्डको एक्टर, तर फिल्मका लागि चाहिँ नयाँ एक्टरलाई लिएर एक्ट गराउनुपर्ने भएकाले इन्टे«स्ट लाग्यो र निर्देशनमा डेब्यु गरेको हुँ।’ शिवले थपे– ‘जब निर्देशक बनें, तब मलाई थाहा भयो कि कतिपय ठाउँमा बजेटको कारण पनि भनेको जस्तो दृश्य दिन सकिँदो रहेनछ। अरूको फिल्म सम्पादन गर्ने बेला के गरेको होला यस्तो, यति पनि नमिलाएको भनेर कमेन्ट गरिन्थ्यो, तर निर्देशकले गर्छु भन्दाभन्दै पनि कतिपय अवस्थामा सक्ने कुरामा नेगोसियसन गर्नुपर्ने रहेछ। कम्प्रमाइज गर्नुपर्ने कारणले नै नेपाली फिल्ममा क्वालिटी डिफर हुने रहेछ भन्ने कुरा बुझेँ।’

मैले धेरै डकुमेन्ट्री फिल्म एडिट गरैं। प्रायः स्टोरी टेलिङमा के नमिलेजस्तो हुन्थ्यो। फरक थिम, स्टोरी लिएर काम गर्न थाल्यौं, डकुमेन्ट्रीको प्याटर्न नै चेन्ज भयो।

२०३३ सालमा शुक्लागण्डकी नगरपालिका खैरेनीटार तनहँुमा जन्मिएका शिवको पढाइ भने काठमाडौंमै सम्पन्न भयो। पहिलेदेखि नै प्रविधिमा चासो राख्ने उनी भन्छन्– ‘शुरूदेखि नै टेक्निकल कुरामा बढी इन्ट्रेस्ट थियोे। स्कुल पढ्ने समयमा पनि रेडियो र टिभी खोलेर त्यहाँभित्रका विभिन्न पार्ट हेर्ने बानी थियो। बिजनेस म्यानेजमेन्ट पढे पनि प्राविधिक क्षेत्रमा रुचि भएकाले मैले शुरूमा एक्सपेरियन्सका लागि अकाउन्टेन्टको काम गरें, तर आफ्नो रुचि भएको टेक्निकल फिल्डमै करिअर शुरू गरें।’

नेपालमै पहिलोपटक एभिड सिस्टम भित्रिएपछि एनिमेटर तथा सम्पादक करुण थापासँग फिल्म सम्पादनसम्बन्धी स्पेसल कोर्स गरेका शिवले यससँगै भारतका एपल सर्टिफाइड ट्रेनर तथा हलिउड निर्देशक डोभ साइमनसँग फिल्म सम्पादनसम्बन्धी विशेष वर्कसपबाट दक्षता हासिल गरेका छन्। ‘पहिलोपटक एभिड सिस्टम आएपछि करुण थापा सरले पोटेन्सियल भएका र एडिटिङमा रुचि भएका योंगस्टरको १२÷१५ जनाको ग्रुप बनाएर सिकाउनुभएको थियो। त्यो ग्रुपमा सिकेका हामीमध्ये ३/४ जना मात्र अहिले नेपाली फिल्म क्षेत्रमा एडिटरका रूपमा काम गरिरहेका छौं। जसमा बनीष शाह, रक्षा सिंह राणा आदि हुनुहुन्छ’, शिवले सुनाए– ‘सिनेम्याटिक्स स्टुडियो खुलेपछि चाहिँ एडिटिङको काम शुरू गरियो भने प्राइम नामक पोस्ट प्रोडक्सन हाउसमा सम्पादन सिकेर केही काम गरियो। त्यस्तै सम्पादनका लागि प्रयोग हुने स्टिल ब्याक प्रविधि पनि सिकें। यसरी उक्त प्रविधिबाट काम गर्नु टफ थियो। एक फ्रेम पनि रिपिट गर्न पाइँदैनथ्यो। मार्जिन पनि १÷२ फ्रेम छोडेर मात्र कटिङ गर्नुपर्ने हुन्थ्यो। टाइम टु टाइम कटिङ गर्नुपथ्र्यो। यलाई फ्लिप गरौं, उल्टाएर राखौं, एक ठाउँमा राखेको सट फेरि प्रयोगमा ल्याउmँ भन्ने हँुदैनथ्यो। यदि त्यसो गरियो भने अलरेडी युज्ड भनेर देखाउँथ्यो।’ शिवले सुन्दा कथाजस्तो लाग्ने विषय सुनाउँदै थिए– ‘जुन समयमा नेगेटिभबाट फिल्मको काम हुन्थ्यो, त्योबेला प्रोसेसिङका लागि इन्डियामा जानुपथ्र्यो। साउन्ड मिक्सिङ, ब्याकग्रँउन्ड म्युजिक आदिको काम बम्बईमै हुन्थ्यो र लास्टमा हलमा चलाउनका लागि म्यारिड प्रिन्ट निकाल्ने काम पनि उतैबाट गरीन्थ्यो। त्यतिबेला रियल इमेजमा वर्कसपहरू पनि गरें। यहाँबाट लगेका प्रोजेक्टहरूमा पनि काम गरियो। त्योबेला बम्बईमा स्टिल ब्याक सिस्टममै फिल्मको काम गर्थें, तर नेपालमा भने एभिड सिस्टम आएको थियो। त्यसकारण कतिपय त्यहाँका टेक्निसियनलाई पनि थाहा नहुने र उल्टो हामीले सिकाउनुपर्ने स्थिति पनि थियो।’

शुरूमा धेरै फिल्ममा सहायक सम्पादकका रूपमा काम शुरू गरेका शिवले अनाथ, दोमनजस्ता एकैपटक २ फिल्ममा सहसम्पादकका रूपमा काम शुरू गरेका थिए। त्यतिबेला करुण थापाको साथमा सहसम्पादकका रूपमा काम गर्थे। २÷३ वर्ष यसरी काम गरेपछि उनी सम्पादकका रूपमा अगाडि आएका थिए। अनिस कोइरालाको निर्देशनमा बनेको के भो लौन नी बाट २०५९ सालमा पूर्णरूपमा सम्पादन शुरू गरेका शिवले के भो लौन नी सँगै नारायण पुरीद्वारा निर्देशित फिल्म मामाघर एकसाथ सम्पादन गरेका थिए। त्यसपछि कर्तव्य, अल्पविराम, रात, आफ्नो घर आफ्नो मान्छे, तुलसीजस्ता फिल्म गरी हालसम्म उनले करिब ३ दर्जन फिल्म, २ सयभन्दा बढी डकुमेन्ट्री, परिचय, दलन, यहाँको चलनजस्ता टेलिसिरियल, इभेन्ट र म्युजिक भिडियो कुशलतापूर्वक सम्पादन गरिसकेका छन्। ‘मैले धेरै डकुमेन्ट्री फिल्म एडिट गरें। यस क्रममा प्रायः डकुमेन्ट्रीको स्टोरी टेलिङमा के नमिलेजस्तो फिल हुन्थ्यो। जब हामीले डकुमेन्ट्रीका लागि पनि फरक थिम, स्टोरी लिएर काम गर्न थाल्यौं, सेल्फ न्यारेट, सेल्फ स्टोरी टेलिङको प्रयोग ग¥यौं, नेपालमा डकुमेन्ट्रीको प्याटर्न नै चेन्ज भयो’, शिवले सुनाए– ‘हामीले बनाएको पिस सङ, न्युज रुम बाहिरजस्ता डकुमेन्ट्री वल्र्ड मिडिया अवार्डमा पनि अवार्डेड भएका थिए। डेमोन्स डिलाइट, शुकबहादुर अधिकारी क्लास फोरजस्ता डकुमेन्ट्री विदेशका विभिन्न अवार्ड कार्यक्रममा मनोनयनमा पर्न सफल भए भने हालै मात्र निर्माण गरिएको डस्ट नामक डकुमेन्ट्री बोधिनाले फिल्म अवार्ड, बर्लिन फिल्म फेस्टिभललगायत विभिन्न अवार्डमा मनोनयनमा परेको छ।’

सम्पादन क्षेत्र करिअरको हिसाबले निकै राम्रो रहेको र नया पुस्ताका लागि यस क्षेत्रमा राम्रो अवसर रहेको शिव बताउँछन्। ‘अहिले त एडिटिङमा राम्रो स्कोप छ। अहिले धेरै मिडिया हाउस खुलेका छन्। म्युजिक भिडियो तथा फिल्म पनि धेरै बन्छन्। त्यसले गर्दा एडिटरको माग पनि बढिरहेको छ। कमाइको कुरा गर्दा फिल्ममा भन्दा डकुमेन्ट्रीममा कमाइन्छ’, शिव सुनाउँछन्– ‘मलाइ तपाईंको असिस्टेन्ट अथवा तपाईंले सिकाएको एडिटर चाहियो भनेर फोन आइरहेको हुन्छ। तर बजारको माग पूरा गर्न सकिँदैन। हिजोआज पढेर वा राम्रो सिकेर आउने भन्दा पनि आफैं सिकेर आउने धेरै छन्, जसले गर्दा उनीहरूले काट्न जोड्न त जान्दछन् तर टेक्निकल नलेजको भने कमी हुन्छ। जसले गर्दा कतिपय स्थानमा दक्षतापूर्वक काम गर्न सकिँदैन।’

हाल राजधानीको लाजिम्पाटमा अडियो भिजुअल इन्डलेस सलुसन नामक स्टुडियो सञ्चालन गरिरहेका शिव कुनै पनि फिल्मको ५० प्रतिशत काम सम्पादनको टेबलमा आएपछि बन्ने बताउँछन्। ‘फिल्म टेबलमा अँएपछि हामीले यसमा धेरै काम गर्नुपर्छ। डिरेक्टरहरूले पनि भनिरहनुभएको हुन्छ कि फिल्मको ५० प्रतिशत काम इडिटिङ टेबलमा हुन्छ। यो कुरा साँचो पनि हो। एउटा फिल्म राम्रो बन्नुमा सम्पादकको मेहनत र लगाबले धेरै फरक पार्छ। कतिपय टेक्निकल एरर हुन्छन् जसलाई टेबलमा अँएपछि मिलाउनुपर्ने हुन्छ। साउन्ड प्लानिङदेखि लिएर दर्शकको इन्ट्रेस्ट बुझेर कटिङ स्पेस, ब्रेदिङ स्पेसहरू दिनुपर्छ’, शिव सुनाउँछन्– ‘नेपालमा पोस्ट प्रोडक्सनको कामलाई अझै पनि कतिपय निर्माता÷निर्देशकले गम्भीररूपमा लिएको पाईंदैन। समय रहुन्जेल यत्तिकै बस्ने र इलेभेन्थ आवरमा मात्र एडिटरकहाँ फिल्म दिने चलन छ। यस्तो बेला हतारमा काम गर्नुपर्ने हुन्छ। त्यसैले जति क्रियटिभ भएर काम गर्न सकिन्थ्यो, त्यो हिसाबले काम गर्न सकिँदैन। वर्किङ प्रेसर एकदमै हुन्छ। यस्तो बेला हामीले पनि कम्प्रमाइज गर्नुपर्ने हुन्छ। फुल टाइम दिएर ग¥यो भने १ महिनामा राम्रो कामको साथ फिल्म सकाउन सकिन्छ। कतिपय अवस्थामा क्लाइन्टले फिल्म दिनुहुन्छ। तर कतिपय प्राविधिक कुरा आफू पनि नबुझ्ने र बुझाउँदा पनि नबुझ्ने हुन्छन्, जसले गर्दा उहाँहरूलाई कन्भिन्स गर्न गाह्रो हुन्छ। यस्ता कुराले कहिलेकाहीं टेन्सन हुन्छ। त्यसलाई मिलाउँदै लानुपर्छ।’

सम्पादन क्षेत्रमार्पmत फिल्म क्षेत्रमा दिएको योगदानका लागि शिव विभिन्न सम्मान तथा अवार्डबाट सम्मानित भएका छन्। आफ्नो घर आफ्नो मान्छे र विष नामक फिल्मबाट नेफ्टा फिल्म अवार्ड, वृद्ध वंैश नामक डिजिटल फिल्म र अल्पविराम नामक फिल्मबाट डी सिने अवार्ड, २०६८ सालमा टेलिभिजन आर्टिस्ट एसोसिएसनले आयोजना गरेको टाफन टेली अवार्डमा दलन र यहाँको चलन नामक टेलिफिल्मबाट उत्कृष्ट सम्पादकको अवार्ड चुमेका थिए। त्यो एउटै टेलिअवार्डमा शिव सामाजिक र हास्य क्षेत्र गरी २ विधामा नोमिनेसनमा परेका थिए।

नेफ्टा फिल्म अवार्डको संयोजक रहेका उनी इन्टरफेस नेपालले आयोजना गरेको सिक्स्टी सेकेन्ड फिल्म फेस्टिभलका निर्णायकसमेत थिए भने काठमाडौं विश्वविद्यालयको मिडिया स्टडिजका विद्यार्थीलाई सम्पादनका विषयमा तालिमसमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्