राष्ट्रिय टिमका कप्तानविनाको डीपीएलमा को–को भिड्दैछन् ?



काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करण माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला मैदानमा हुने भएको छ । आयोजकले प्रतियोगिताका लागि तयारी लगभग पूरा भएको पनि जानकारी गराएको छ । प्रतियोगिता नजिकिएसँगै क्रिकेटप्रेमीबीच को–को भिड्दैछन्, कुन–कुन खेलाडी चम्किएलान्उ, उपाधि कसका पोल्टामा जालालगायतका विषयमा गल्ली–गल्लीमा चिया गफ शुरु भएका छन् ।

यसअघिका दुई संस्करण एसएसपी क्रिकेट मैदानमा भएका थिए । तर, यो संस्करणदेखि धनगढी क्रिकेट एकेडेमीले आफ्नै अभियानमा बन्दै गरेको अन्तर्राष्ट्रियस्तरको रंगशाला ड्रिम फाप्लामै प्रतियोगिता सम्पन्न गर्ने भएको छ । प्रतियोगिताको लागि मैदानमा पाँचवटा पिच तयार पारिएको छ भने करिब ६ हजार दर्शक क्षमता भएको प्याराफिट पनि तयार भएको छ ।

खेल हेर्नका लागि लिगमा दर्शकका लागि ५० रुपैयाँ टिकट दर तोकिएको छ भने प्ले अफको खेलमा ७० र फाइनलमा १०० रुपैयाँ छ । आयोजकले दर्शकहरुलाई फकाउन उपहार योजना पनि ल्याएको छ । आयोजकले यदि कुनै दर्शकले ब्याट्सम्यानले प्रहार गरेको छक्कालाई बाउन्ड्री बाहिर क्याच गरेमा नगद १० हजार पाउने लागू गर्ने भएको छ ।

को–को भिड्दैछन् ?
यो पटक पनि डीपीएलमा पुरानै ६ वटा टिमले प्रतिस्पर्धा गर्दैछन् । सबै टिममा राष्ट्रिय स्तरका, अन्तर्राष्ट्रिय र स्थानीय खेलाडीको मिश्रण छ । तर, यसपालीको डीपीएलमा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का सहभागी हुने छैनन् ।

धनगढी स्टार्स
धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको दुवै संस्करणको उपाधि विजेता टिम हो, टिम चौराह धनगढी । यो तेस्रो संस्करणदेखि भने टिमको नाम परिवर्तन गरेर धनगढी स्टार्स राखिएको छ ।

यो टिममा सोमपाल कामी, दिपेश श्रेष्ठ, सौरभ खनाल, विपिन खत्री, हरि बहादुर चौहान, अमित श्रेष्ठ, राजु रिजाल, रोविन क्षेत्री, सन्दीप रजाली, सुनिल धमला, पवन सर्राफ, धिरज शाही, कृष्ण अयर तथा विदेशी खेलाडी रोहन मुस्तफा र सागर त्रिवेदी रहेका छन् ।

काठमाडौं गोल्डेन्स
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्समा विक्रम कुमार भूषाल, अभिनभ यादव, राशिद खान, ललितनारायण राजवंशी, नन्दन यादव, अनिलकुमार शाह, सोनु तामाङ, सुर्य तामाङ, योगेन्द्रसिंह कार्की, मेहबुब आलम, सुधिर चौधरी, विक्रम ठगुन्ना तथा विदेशी खेलाडीहरु गौरभ टमोर र अंकित दबास रहेका छन् ।

विराटनगर किंग्स
करण केसीको कप्तानीमा रहेको विराटनगर किंग्समा आसिफ शेख, कुशल भुर्तेल, पृथु बास्कोटा, किशोर महतो, सुशन भारी, हरिशंकर शाह, संसाद शेख, राजेश पुलामी मगर, अर्जुन अधिकारी, अमित गुरुङ, तृतराज दास र सुवास ऐयर तथा
विदेशी खेलाडीहरु अविनाश यादब र शिभकान्त शुक्ला रहेका छन् ।

महेन्द्रनगर युनाइटेड
शरद भेषावकरको कप्तानीमा उत्रिने महेन्द्रनगरमा अविनास बोहोरा, आरिफ शेख, अमरसिंह रौटेला, सागर ढकाल, दीपेन्द्र चन्द, दिलिप नाथ, रोहित कुमार पौडेल, शाहब आलम, सन्तोष भट्ट, सिद्धान्त लोहनी, कुशल मल्ल र सुशिल खड्का तथा विदेशी खेलाडी मोहम्मद नाभिद रहेका छन् ।

रुपन्देही च्यालेन्जर्स
बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्समा ललित भण्डारी, प्रदीप ऐरी, पुरन विके, सन्दीप सुनार, अनिल खरेल, सुमित महर्जन, विनोद भण्डारी, कृष्ण कार्की, सुरज दराई, विक्रम सोब, भीम शार्की र शेर मल्ल तथा विदेशी खेलाडीहरु राजा अलि डर र बाबर हायात रहेका छन् ।

सीवाईसी अतरिया
युवा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहेको सीवाईसी अत्तरियामा जितेन्द्रसिंह ठकुरी, भुवन कार्की, दीपेन्द्र रावत, प्रेम तामाङ, आदिल अन्सारी, रामनरेश गिरी, कमलसिंह ऐरी, सन्दीप जोरा, खगेन्द्र जोशी, सुभेन्दु पाण्डे, रित गौतम र ज्ञानेन्द्र कुँवर तथा विदेशी खेलाडीहरु सन्नी पटेल र जयकिसन कोल्सवाला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्