अर्किड कपमा ४० टोली



काठमाडौं, (नेस)
अर्किड स्कुलको आयोजनामा चौथो अर्किड कप अन्तरविद्यालय जुनियर फुटबल प्रतियोगिता आगामी मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा ४० ब्वाइज टोलीको सहभागिता रहने अर्किडका संस्थापक अध्यक्ष प्रेमुकमार भुजेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

शीर्ष ४ स्थानमा रहने टोलीलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार दिइनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख रुपैयाँ खर्च हुने अर्किडका प्रिन्सिपल चालेन्द्रबहादुर कार्कीले जानकारी गराए । सिक्स ए साइड स्वरुपमा फागुन १० गतेसम्म चल्ने प्रतियोगिता नकआउट आधारमा हुनेछ । खेलहरु काँडाघारीस्थित आयोजकको आफ्नै मैदानमा हुनेछ । फागुन १० गते हुने छ ।

प्रतिक्रिया दिनुहोस्