मेगा बैंकको नाफा ८६ प्रतिशतले बढ्यो



काठमाडौं, (नेस)
मेगा बैंक नेपालले चालँ आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म ७३ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ ।

आर्थिक वर्ष २०७५÷७६ को दोस्रो त्रैमासिक अवधिसम्म आइपुग्दा बैंकले ७३ करोड २० लाख रुपियाँ मुनाफा आर्जन गरेको हो ।

बैंकले पहिलो त्रैमासमा ४० करोड ४५ लाख खुद मुनाफा आर्जन गरेको थियो । वित्तीय विवरणअनुसार अघिल्लो वर्षको दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ३९ करोड ३६ लाख मुनाफा गरेको थियो ।

गत वर्षको सोही अवधिको तुलनामा बैंकले ८६ प्रतिशत बढी मुनाफा आर्जन गर्न सफल भएको छ ।

गत पुस मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कुल निक्षेप २५ अर्ब २८ करोडले वृद्धि भई ७० अर्ब ८५ करोड रुपियाँ पुगेको छ जुन ५५ प्रतिशतको वृद्धि हो । त्यसैगरी कर्जा तथा सापटी २५ अर्ब ८ करोडले वृद्धि भई ६५ अर्ब ८५ करोड कायम भएको छ । जुन ६२ प्रतिशतको वृद्धि हो ।

मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ केन्द्र र २३ सयभन्दा बढी मेगा रेमिट एजेन्ट छन् ।

प्रतिक्रिया दिनुहोस्