एभरेस्ट बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता



काठमाडौं, (नेस)
एभरेस्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सहुलियत कर्जा प्रवाह गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ । उक्त सम्झौतापद्धि एभरेस्ट बैंकले लघु, साना तथा मझौला उद्योगका लागि दिगो आर्थिक स्थिरता र आर्थिक वृिद्धको कदम अगाडि बढाएको बैंकले जनाएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट एजीएम केशवराज पौडेल र निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट डेपुटी सीईओ उषा पौडेलले हस्ताक्षर गर्नुभएको छ । क्यामेलस रेटिङमा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ८६ वटा शाखा, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्