प्रहरीको काम के ???



सबैको मुखमा एउटै उत्तर हुन्छ दुःख परे प्रहरीलाई गुहार्नु तर हामीकहाँ त्यस्तो कहाँ हुन्छरु प्रहरीले न्याय दिने हो तर हामीकहाँ न्याय पनि मूल्यमा बिक्री हुन्छ। मूल्य ति¥यो न्याय पाइयो होइन भने कुन्नि भने जस्तो।

भाषण गर्न मञ्च पायो भने प्रहरीका हाकिमको कुरा सुन्दा यो मुलुकमा उनीहरूभन्दा असल कोही पनि छैनन् जस्तो लाग्छ व्यवहार हे¥यो भने उनीहरु हरेक बोलीलाई पैसामा बिक्री गरिरहेका हुन्छन्। हैन हो गाँठे बोलीको पनि पैसा लिने प्रहरीको आइडियालाई भने मान्नै पर्छ। अहिले राजधानीका प्रहरीमा देखिएको कमाउधन्दाले उद्योगी व्यापारी मात्र होइन सर्वसाधारण पनि मारमा परेका छन्। प्रहरी प्रमुखले प्रहरीको धमिरा हटाउने घोषणा गरेको पनि एक वर्ष भयो अहिलेसम्म धमिरा हटेका होइनन्। बरु धमिराहरु सल्बलाउन पो थालेका छन महानिरीक्षकज्यू ?

यस्ता धमिरालाई बेलैमा नामेट नपारे मुलुकमा थप धमिरा सल्बलाउन थाल्लान् है, समयमा नै विचार गर्ने किरु हैन भने प्रहरीको संगठनभित्र नै अन्य धमिराले प्रवेश पायो भने बरबाद हुन्छ है। समयमा नै विचार गर्ने कि ?

प्रतिक्रिया दिनुहोस्