हाकु र डाँडागाउँका भूकम्पपीडित अझै पुनस्र्थापित हुन सकेनन्



सरस्वती न्यौपाने, रसुवा
भुकम्प गएको चार वर्ष पुग्न लाग्दासमेत जोखिमयुक्त बस्ती हाकु र डाँडागाउँका भूकम्प पीडित अझै पुनस्र्थापित हुन सकेका छैनन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राधिकरणले रसुवामा जोखिमयुक्त बस्तीमा परेका ९ सय ९९ परिवारको नाम लाभग्राही सूचीमा प्रकाशन गरेको भए तापनि त्यसमध्ये अहिलेसम्म ४ सय २३ परिवारले २ लाख बुझेर पुनर्बास प्रक्रिया पूरा गरेका छन्।
धेरैजसो विस्थापित परिवार उत्तरगया गाउँपालिका—५ बोगटीटार र खाल्टेमा बस्दै आएको र नुवाकोटमा समेत बस्दै आएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भौगर्भिक अध्ययनले जिल्लाका ७० स्थानका बस्ती जोखिमयुक्त भएको देखाए पनि जसमा ३० वटा बस्ती पूर्णरूपमा स्थानान्तरण गर्नुपर्ने देखिन्छ।

२५ बस्तीलाई भने आवश्यक पूर्वाधार निर्माण गरी सुरक्षित गर्न प्राविधिक बताउँछन्। यातथलोमा भूकम्पका कारण पहिरोले बस्न नहुने भएपछि आफ्नो पुख्र्यौली थलो छाडेर लामो समयदेखि टहरामा बस्दै आएका भूकम्पपीडित खाल्टेमा करिब २ सय छेड परिवार अस्थायी टहरो निर्माण गरी बस्दै आएका छन्। त्यस्तै छिमेकी जिल्ला नुवाकोट इनारपाटीमा करिब ८४ र सात विशेषमा २० परिवार बस्दै आएका छन्।

स्वैच्छिक स्थान्तरणमा जानका लागि जग्गा पाउनै मस्किल अहिले जग्गामा भाउ बढेर र लाखमा जग्गा नआउने भएकाले सरकारले नै तल्लो पहिरेमा जग्गा खरिद गरेर एकीकृत बस्ती बनाएर राख्नुपर्ने पीडितहरूको भनाइ रहेको छ।

खाल्टे मा बसोबास गर्ने करिव १ सय ५४ परिवार तिरु एकीकृत बस्तीमा नजाने छेकु लामा बताउँछन्। ‘भूकम्प गएको चार वर्ष भइसक्यो सरकारले आफूखुसी गर पनि भन्दैन आफूले पनि सुरक्षित बस्तीमा बस्न स्वीकृत गर्दैन’ –भूकम्पपीडितको गुनासो रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्