विश्व भ्रमणयात्री नेपालमा



 

डेनमार्कका सी पेडरर्सन थोर विश्वयात्राका क्रममा आज नेपाल आइपुग्नुभयो। उहा“को नेपाल १ सय ७९औं भ्रमण मुलुक हो। कुनै पनि उडान नगरी स्थल र जलमार्गको प्रयोगबाट विश्व भ्रमण सकी नया“ इतिहास बनाउने क्रममा उहा“ नेपाल आउनुभएको हो। डेनिस रेडक्रसको सद्भावना दूतका रूपमा नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा कुराकानी गर्दै उहा“ले भन्नुभयो– ‘विश्वमा मानिस र मानवताको खास अर्थ फैलाउने मेरो उद्देश्य छ। विश्वको जुनसुकै कुनामा सुरक्षा, शिक्षा, आवास, भोजनलगायतको समस्या छ र आमरूपले मानिसहरूमा समानता मैले देखेको छु।’

नेपाल भ्रमणका क्रममा उहा“ले विश्व सम्पदा सूचीमा रहेका दरबार क्षेत्रहरूको अवलोकन गर्नुका साथै नेपाल रेडक्रसले सञ्चालन गरेको हटलाइन–११३० कल सेन्टर तथा विपद् व्यवस्थापन आपतकालीन केन्द्रको पनि निरीक्षण गर्नुभयो। साथै नेपालमा डेनिस रेडक्रसले सञ्चालन गरेका कार्यक्रमको अवलोकन गर्नुभएको नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी गराउनुभयो।
उहा“ले राष्ट्रिय रक्तसञ्चार सेवा केन्द्र बालकुमारीमा गई रक्तदान गर्नुभयो। ‘मानिसको नसामा उस्तै प्रकारको रगत बगिरहेको छ र खुसी तथा सन्तुष्टि पाउने एउटा राम्रो तरिका रक्तदान हो।’ –थोरले बताउनुभयो।

थोरले २ लाख ४३ हजार किलोमिटर पार गरिसक्नुभएको र सन् २०१३ बाट शुरू भएको यो अनवरत यात्राका क्रममा संसारका २ सय बढी मुलुकको भ्रमण नसकी घर नफर्किने उहा“को योजना रहेको छ। सन् २०२० मा उहा“को भ्रमण सकिने
अनुमान छ।

प्रतिक्रिया दिनुहोस्