विमान दुर्घटना



क्यालिफोर्निया,(एजेन्सी)
अमेरिकाको क्यालिफोर्नियामा आइतवार एउटा हलुको विमान घरमाथि दुर्घटनाग्रस्त हुँदा पायलट र अन्य चारजना व्यक्तिको ज्यान गएको सरकारी अधिकारीहरुले बताएका छन् । लस एन्जेल्सको उपनगर योर्वा लिन्डामा दुर्घटना हुनु अघि उडानकै क्रममा टुक्रिएका सो दुई इन्जिनयुक्त विमानमा आगलागि भएको थियो ।

शहर देखि करिव ३२ किमि दक्षिण पश्चिममा पर्ने एउटा स्थानिय विमानस्थलबाट उडेको केहि मिनेटपछि नै सो विमान दुर्घटनामा परेको थियो । सेस्सना ४१४ ए विमान पायलटको आफ्नै रहेको र उनी पटक पटक फल्लर्टन म्युनिसिपल एयरपोर्टबाट उड्ने गरेको लस एन्जल्स टाइम्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्