अमेरिका कि भेनेजुयला



हालै चर्चाको शिखरमा रहेको विषय बनेको छ भेनेजुयला। हैन यो भेनेजुयला भए पनि के नभए पनि के अनि अमेरिका भए पनि हामीलाई के हुन्छ र नभए पनि हामीलाई के हुन्छ भन्ने गाइँगुइँले धरहरा हैरान छ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस यसको पक्षमा देखिएको छ र उसले नेकपाका नेता, अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भनाइको खण्डन गरेको छ।

१६औं सत्याग्रह गरेर नथाकेका डा। गोविन्द केसीलाई २४ घण्टा बित्न नपाउँदै कांग्रेसले ग्रिन सिग्नल दियो कि के हो च्याट्टै छोडे त अनशन। कतै यसमा पनि कांग्रेसको हात छैन भन्ने हल्ला जो बजारमा अहिले व्याप्त छ।

सबै कुरालाई पेलेरै अघि बढ्ने रणनीति लिएको नेकपा एक अर्थमा सफल पनि भएको छ भन्नेको कुनै कमी देख्दैन धरहरा। आखिर अमेरिकामा आफ्ना आफन्त भएकाहरु यति बेला प्रचण्डलाई सराप्नमै व्यस्त देखिन्छन्। नेपाललाई दिँदै आएको सहयोग अब अमेरिकाले रोक्छ कि भन्नेमा पनि आशंका उब्जिएको छ। उता भेनेजुयलाले के सहयोग गरेको छ र सम्बन्ध पनि के नै छ र भनेर अलाप्नेको लर्को देख्दा धरहरालाई भन्न मन लाग्यो अमेरिका कि भेनेजुयला ?

 

प्रतिक्रिया दिनुहोस्