सम्हालौं थुतुनो र मुतुनो



छुचो थुतुनो र चुतुरबुतुर गर्ने मुतुनो दुवै खराब। थुतुनो र मुतुनो राम्रोसँग सम्हाल्न नसक्नेहरूको घरबार सधैं लथालिङ, भताभुङ हुन्छ भन्या। त्यही बुझेर हो क्यार, उहिले बुढापाकाले उखानै बनाए थुतुनो र मुतुनो गलत ठाममा प्रयोग भयो भने निकै दुःख पाइन्छ। यो उखान धरहराले पुस्तौं अघिदेखि सुन्दै आएको हो।

अहिले भेनेजुएलाको मामलामा नेताजीको थुतुनो सम्हालिन नसक्या कुरो चर्चामा छ। बिरामले थला परेर राम्रोसँग पनि तङ्ग्रिन नपाउँदै हतारमा विज्ञप्ति जारी ग¥या भन्दै नेकपा अध्यक्ष प्रचण्ड अहिले निकै आलोचित बन्या छन्। अमेरिकालगायत केही देशले भेजेजुएलाका विपक्षी नेतालाई कार्यबाहक राष्ट्रपतिको मान्यता दिने बताएसी प्रचण्डले सो कदमको आलोचना गर्ने हिम्मत गरे, त्यस मामलामा चाहिँ उनलाई मान्नै पर्छ।

तर सत्तापक्षीय नेता प्रचण्डको धारणा सरकारको हो कि उनको नितान्त व्यक्तिगत बुझ्नै गाह्रो भो। त्यही अलमल भएर हो क्यार अमेरिकाले सरकारको नाडी छाम्या कुरो छ। अरू त त्यस्तै हो, कूटनीतिक मामलामा चाहिँ थुतुनो राम्रै सम्हाल्नुपर्ने रैछ, कैले काहीँ अन्य देशले पनि उनका थुतुनो खुम्च्याएको खबर सुनिन्छ।

अहिले अमेरिका बिच्किएपछि अस्ति २÷४ हप्ताअघि परराष्ट्र मन्त्री ज्ञवालीको अमेरिका भ्रमणमा भएको प्रतिबद्धताचाहिँ अब कस्तो हुने हो कुन्निरु

प्रतिक्रिया दिनुहोस्