आफूले खनेको खाल्टोमा आफैं पर्ने काम नगरौं



भूकम्पले विनाश गरेपछि मापदण्डविपरीत अग्ला घर बनाएर आफैंले खाल्टो खन्ने काम गर्नु मुर्खता हो। आफूले खनेको खाल्टोमा आफैं पर्ने गरी काम गर्नु कदापी हुँदैन। यो विषयमा घरधनीले नै सोच्ने हुरा हो। अर्कोतर्फ यस्ता घर बनाउन नदिने र सुरक्षित घर बनाउने किसिमको कानुनी प्रावधानमै व्यवस्था हुन जरुरी छ। नेपाल सरकारको पनि सम्भवतः चेत फिरेको जस्तो त देखिएको छ तर व्यावहारिक पक्षमा भने सरकारी काम कहिले जाला घामजस्तो भएको छ। नीति बन्ला–नबन्ला, कार्यान्वयन होला–नहोला, तर अग्ला घर बन्न नदिने, नापनक्सा या मापदण्डविपरीत जबरजस्ती बनाइएका घरको तला काटिने नियम बनाइँदै छ भन्ने चर्चा यतिबेला बजारमा व्यापक सुन्न थालिएको छ। यसबीच कतिपय नागरिकले आफ्ना घरछिमेकमा खतराको रूपमा ठडिएका मापदण्डविपरीतका अग्ला घर भत्काइदिन सामूहिक निवेदन दिएका खबर यदाकदा सुन्नमा आएका छन्। कतिपयले आफ्नो अग्लो घरको तला काटिदिन आफैंले सरकारी निकायमा दिएको निवेदनको पनि चाङ लागेको सुनिन्छ। सरकारी तवरबाट अनुगमन गरी सम्भावित दुर्घटनाबाट बच्न बेलैमा सोच्नु जरुरी छ।
– अर्चना पोख्रेल, भक्तपुर

प्रतिक्रिया दिनुहोस्