आयशा सम्मानित



काठमाडौं, (नेस)
तेक्वान्दोकी चर्चित खेलाडी आयशा शाक्य शनिबार सम्मानित भएकी छन्। घट्टेकुलोस्थित सेब स्कुलले आफ्नो १२औं वार्षिक खेलकुद दिवसको अवसरमा आयशालाई नगदसहित सम्मान गरेको हो।

हिसानका अध्यक्ष रमेश सिलवाल र सेबका प्रिन्सिपल लक्ष्यबहादुर केसीले आयशालाई सम्मान–पत्र र नगद १० हजार प्रदान गरी सम्मान गरे। आयशा ११औं दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण तथा १०औं र १२ सागकी रजत विजेता हुन्। आयशाले दोहा एसियाडमा पनि कांस्य जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्