ओलीबा र सही बाटो



सरकार गलत छ कि सही छ अहिले बहसको विषय बनेको छ। एकाथरी भन्छन्– सरकार गलत बाटोमा छ। सही कि गलत यो मापन गर्ने पद्धति के होला भनेर एकाकार भएको धरहरा भने हिजोबाट छर्लंग भएको छ। प्रधानमन्त्री ओलीबाले आफ्ना भित्रिया माननीयलाई बालुवाटारमा बोलाएर सरकारको नीति पनि सही काम पनि सही भएको बखान गर्नुभएछ।

एकछिन सबै माननीयहरू एकाकार गरेर ओलीबाको बोलीमा लोली मिसाएको देख्दा धरहरा पनि ओलीबाको फ्यान भएको छ। आफूले गरेको कामप्रति ओलीबा नै कन्फुयजमा परेर आफ्ना कोटरीका मान्छेलाई नै सही भन्न लगाउनुपर्ने स्थिति आएपछि सरकार कहाँ रहेछ भन्ने आकल गर्न धरहरालाई समय नै लागेन। होइन, ओलीबाको कुरा धरहराले बुझेन तपाईंले होइन अरूले भनिदिनुप¥यो ओली सरकार ठीक छ भनेर यो मपाइँत्वचाहिँ अलि सुहाए न कि ????

प्रतिक्रिया दिनुहोस्