यूएईद्धारा नेपाललाई १०८ रनको लक्ष्य प्रस्तुत



नेपाल समाचारपत्र, काठमाडौं ।
टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले नेपाललाई १०८ रनको लक्ष्य प्रस्तुत गरेको छ । आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा अलआउट हुँदै १०७ रन बनाएको छ ।

यूएईका लागि ओपनर सीपी रिजवनले ४४ रन बनाए । ४३ बलमा ४४ रन बनाएका रिजवनले चार चौका र एक छक्का प्रहार गरेका थिए । उनलाई अविनाश बोहराले आउट गरे ।यूएईका अनुभवी ब्याट्सम्यानहरु साइमन अनवरले १४, मोहम्मद बुताले ११ र कप्तान मोहम्मद नाभिद सात रनमा आउट भए ।

त्यस्तै, घुलाम शब्बरले ६, अस्फाक अहमदले चार र अमिर हायत ३ रनमा आउट भए भने मोहम्मद उस्मानले रन जोड्न सकेनन् ।नेपालका लागि अविनाश बोहराले उत्कृष्ट बलिङ गरे । चार ओभर बलिङ गरेका उनले २० रन खर्चेर तीन विकेट लिए । सोमपाल कामीले अस्फाक र घुलाम तथा सन्दीप लामिछानेले साइमन र उस्मानलाई आउट गराए ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट लिएका छन् । त्यस्तै, करण केसीले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्