न्यु भिजन बास्केटबल शनिबारदेखि



काठमाडौं, (नेस)
न्यु भिजन एकेडेमीको आयोजनामा न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ।
पहिलो संस्करणको प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १६ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान ८–८ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा न्यु भिजनका प्रिन्सिपल गणेशकुमार भट्टराईले जानकारी गराए। सिनियर ब्वाइजलाई ४ समूह तथा बाँकी दुई स्पर्धाका सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ। प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपियाँ खर्च हुने न्यु भिजनका भाइस प्रिन्सिपल चन्द्रविनोद भट्टराईले जानकारी दिए। माघ २७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू कोटेश्वरस्थित आयोजककै कोर्टमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्