ज्ञान निकेतन र नेरिक च्याम्पियन



काठमाडौं, (नेस)
ज्ञान निकेतन, नेरिक र रिलायन्सले छैटौं एआईए कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। ज्ञान निकेतन सिनियर छात्र र नेरिक जुनियर छात्र र रिलायन्सले सिनियर छात्राको उपाधि जितेका हुन्।

बिहीबार भएको फाइनलमा ज्ञान निकेतनले काठमाडौं जेभियरलाई ६१–४० ले पराजित ग¥यो। विजेताका सम्राट भूमिले २२ अंक बटुले। यस्तै नेरिकले ज्ञान निकेतनलाई ४०–१० ले हराउँदा भुवन थापा र विपिन खड्काले समान १२ अंक बटुले।

यसैगरी सिनियर छात्राको फाइनलमा रिलायन्सले इनोभेटिभलाई २८–२० ले पराजित ग¥यो। रिलायन्सकी विपना गिरीले १० अंक बटुलिन्। प्रतियोगितामा जुनियर छात्रमा नेरिकका भुवन थापा, सिनियर छात्रामा रिलायन्सकी विपना गिरी र सिनियर छात्रमा ज्ञान निकेतनका सम्राट भूमि मोस्ट भ्यालुएवल प्लेयर चुनिए। कार्यक्रममा नेरिककी खेलाडी निरा खत्रीलाई विशिष्ट प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्